घनश्याम भुषाल भन्छन् ‘वाम एकता जरुरी छ’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ८, २०७८
|
|
४१ पटक हेरिएको
Shares
घनश्याम भुषाल भन्छन् ‘वाम एकता जरुरी छ’

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुषालले वाम एकता आवश्यक रहेको बताएका छन् ।
  • मंगलबार पत्रकारहरुसँग वाम एकताको आवश्यकता रहेको भन्दै अब एमालेले राजनीतिक मुद्दाको संवैधानिक टुंगो लागिसकेकाले त्यही छाड्न पर्ने बताए ।
  • नेकपा विभाजनको सैद्धान्तिक राजनीतिक कारण नभएको भन्दै नेता भुषालले संसद विघटन नै राजीनीतिक कारण भएको समेत जिकिर गरे ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुषालले वाम एकता आवश्यक रहेको बताएका छन् । मंगलबार पत्रकारहरुसँग वाम एकताको आवश्यकता रहेको भन्दै अब एमालेले राजनीतिक मुद्दाको संवैधानिक टुंगो लागिसकेकाले त्यही छाड्न पर्ने बताए ।

नेकपा विभाजनको सैद्धान्तिक राजनीतिक कारण नभएको भन्दै नेता भुषालले संसद विघटन नै राजीनीतिक कारण भएको समेत जिकिर गरे । उनले भने,‘अदालतले निर्णय गरिसकेको छ, यो संविधान रहेसम्म संसद विघटन हुँदैन भनिसकेपछि अब एमालेले सर्वोच्चको निर्णय गलत हो भनेर जाँदा संविधान भत्किन सक्छ र अस्थिरताको पक्षमा हिड्न सक्छ ।’

एमालेका इमान्दार कार्यकर्ताहरु कम्युनिष्ट एकताको पक्षमा रहेको उनले दाबी गर्दै भने,‘यी आम कम्युनिष्ट कार्यकर्ताहरु एकताको पक्षमा रहेको छ जस्तो मलाई लाग्छ ।’ कम्युनिष्ट पार्टीको विरुद्धमा गतिविधि हनुलाई उनले भुराजनीतिक कारण भएको बताए ।

सबै पक्षलाई हेर्दा कम्युनिष्टहरुलाई एकतावद्ध बनाएर लोकतन्त्रलाई बलियो बनाउने पर्ने उनले स्पष्ट पारे । कम्युनिष्ट विभाजनको दोषी सबै हौं भन्दै उनले भने,‘मैले पनि त्यसको जिम्मेवारी लिनुपर्छ ।’

चुनावमा गठबन्धन गर्ने प्रशस्तै सम्भावना रहेको उल्लेख गर्दै उनले निजि स्वार्थमा आधारित भएर पार्टी एकताको कुरा अहिले दुनियाले बुझिसकेका बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?