काठमाडौँमै बस चढ्न हिउँद कुर्नु पर्ने ठाउँ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ५, २०७६
|
|
५२ पटक हेरिएको
Shares
काठमाडौँमै बस चढ्न हिउँद कुर्नु पर्ने ठाउँ

सारांश

  • शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ ।
  • यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्य रहेको बस्ती हो ।
  • यहाँका बासिन्दाले सहजरुपमा यातायात सेवा पाउन सकेका छैनन् ।

शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्य रहेको बस्ती हो । यहाँका बासिन्दाले सहजरुपमा यातायात सेवा पाउन सकेका छैनन् । यस्तै साँखु, जहरसिंहपौवा हुँदै मेलम्ची पुग्ने सडकखण्डमा बर्खाको समयमा गाडी चल्दैन ।

अरु बेला पनि यो सडकको अवस्था उस्तै छ । हिलो र खाल्टाखुल्टीले गाडी चलाउन मुश्किल छ । केराघारीका बासिन्दा सवारी साधन प्रयोग गर्न एक घण्टा उकालो चढेर छापसम्म पुग्छन् । स्थानीय वीरबहादुर तामाङ यातायातसँगै विद्यालय र स्वास्थ्य चौकीबाट समेत सेवा लिन सहज नभएको बताए । जहरसिंहपौवाबाट एक घण्टा हिँडेपछि पुगिने बस्ती हो घट्टेकुलो ।

यहाँका बासिन्दाले यातायातका साधन प्रयोग गर्न हिउँदको समय कुर्नुपर्ने अवस्था छ । गाउँघरमा कोही बिरामी हुँदा बोकेरै जहरसिंहपौवा पु¥याउनुपर्ने अवस्था छ । “काठमाडौँ भनेर के गर्नू ? बिरामीलाई बोकेरै अस्पताल पु¥याउनुपर्छ । सडक छ गाडी चल्दैन”, स्थानीय जीतबहादुर तामाङले भने ।

वडाध्यक्ष सन्तबहादुर वाइबा घट्टेकुलोसम्मको सडक मर्मत गरिने बताउछन् । प्राकृतिकरुपमा रमणीय जहरसिंहपौवासम्म पुग्न निकै कठिन हुन्छ । हिलो र धुलोका कारण पर्यटक हैरान हुने गरेका छन् । चाबहिल–जहरसिंहपौवा सडकखण्डमा ठाउँठाउँमा खाल्टाखुल्टी छन् । “भय र त्रासमा यात्रा गर्नुपर्ने अवस्था छ”, सो सडकखण्डमा यात्रा गर्दै आएका सन्तोष चौलागाईंले बताए ।

साँखु बजारबाट तीन किलोमिटर उक्लिने बित्तिकै छापभञ्ज्याङका बस्तीमा पुगिन्छ । लप्सीफेदी र नाङ्लेभारेमा बर्खाको समयमा बस चल्दैन । “बस चढ्न हिउँद नै कुर्नुपर्ने बाध्यता छ”, चौलागाईंले भन्छन् । साँखुबाट मेलम्चीसम्मको सडक कालोपत्र गरिएको थियो । कालोपत्र गरिएको छ महीना बित्न नपाउँदै सबै उप्कियो । यहाँ विद्यालय पुग्न एक घण्टा उकालो चढ्नुपर्ने स्थानीयवासी गोमा तामाङको भनाई छ । उनी भन्छिन् “हिँड्न नसक्दा कतिपय बालबालिका विद्यालय जानै मान्दैनन् l” रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब कुन दल कत्रो ?
अब कुन दल कत्रो ?
‘ए मेरो हजुर ४’ को शो खुल्यो, टिकेट किन्न सकिने
‘ए मेरो हजुर ४’ को शो खुल्यो, टिकेट किन्न सकिने
भौतिक मन्त्रालय एक महिनादेखि सकसमा
भौतिक मन्त्रालय एक महिनादेखि सकसमा
२ हजार डलरमा इराकमा बिक्रि हुँदै नेपाली युवती
२ हजार डलरमा इराकमा बिक्रि हुँदै नेपाली युवती
सांसदले भित्राए ५८ श्रीमती ,कृष्ण भगवानको प्रेरणा भन्दै भित्राए ।
सांसदले भित्राए ५८ श्रीमती ,कृष्ण भगवानको प्रेरणा भन्दै भित्राए ।
नवलपरासीमा नेताहरुबीचनै चुनावी प्रतिस्पर्धा
नवलपरासीमा नेताहरुबीचनै चुनावी प्रतिस्पर्धा
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

‘सिस्नुपानी’ ले पोलेपछि छट्पटिए प्रधानमन्त्री ओली !
‘सिस्नुपानी’ ले पोलेपछि छट्पटिए प्रधानमन्त्री ओली !
निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा
निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा
Experience A Community Hookup Internet Utilizing Hookupdaters Com