आचारसंहिता उल्लघंन गरे उम्मेदवारी खारेज -निर्वाचन आयोग
सारांश
- काठ्माडौं, मंसिर दश गते हुने निर्वाचनका लागि आजबाट प्रचारप्रसारको काम गर्न पाइदैन ।
- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको विहिबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु भएसंगै चुनावी प्रचारप्रसार सबै बन्द हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जुम्लाले जनाएको छ ।
- मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा सम्लग्न हुन नपाइने मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।
काठ्माडौं, मंसिर
दश गते हुने निर्वाचनका लागि आजबाट प्रचारप्रसारको काम गर्न पाइदैन । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको विहिबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु भएसंगै चुनावी प्रचारप्रसार सबै बन्द हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जुम्लाले जनाएको छ ।
मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा सम्लग्न हुन नपाइने मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।
उनका अनुसार मौन अबधीमा पूर्णरुपले चुनावी प्रचार गर्न पाइदैन । यदी गरेको कोही कतैबाट सूचना पाइए सम्बन्धित दलहको उम्मेदवारीसम्म खारेजी हुने व्यवस्था रहेको रहेको छ ।
पहिलो चरणको निर्वाचनको मौन अवधीमा समाचार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामाग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिता विपरित हुने कुनै पनि प्रकारका सामाग्री प्रकाशन तथा प्रशारण नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरिएको छ ।
निर्वाचन आचारसंहिता मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनु भन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामाग्री हटाएको हुनुपर्ने विषयमा मतदान अधिकृतलाई स्पष्ट पारिएको समेत बताइएको छ ।
यस अबधीमा सामाजिक सञ्जाल प्रयोग गरेको भेटिएको खण्डमा पनि कारबाही हुने भएको छ । मौन अवधीमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पक्षलाई हेक्का राख्न निर्वाचन आयोगले सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ ।
जुम्लाका ९० वटै मतदान केन्द्रमा खटिने सबै कर्मचारी पुगिसकेकाले मौन अबधि शुरु हुनभन्दा पहिले गर्नुपर्ने पूर्व तयारी सबै गरिसक्ने भएका छन् । यता जिल्ला निर्वाचन कार्यायले भने चुनावी प्रचारका लागि मौन अबधि शुरु भएपनि मतदाता शिक्षा कार्यक्रम भने निरन्तर हुने बताएको छ । दुई दिनको समयलाई बढी भन्दा बढि सदुपयोग गरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन सबै मतदाता शिक्षा कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ ।
Krishna Thakuri
नेपालकाे संविधान अनुसार चुनावको टाईममा सरकारले कुनै पनि कार्यक्रम काे बजेत बिनियाेजित गर्न नपाइने प्रभधान छ तर भुकम्प बादीपिडितकाे नाममा चुनाबकाे टाईममा आएर आज आएर ९ अर्ब बिनियाेजित गरेकाे छ के त्याे आचारसंहिता हैन के उनीहरूलाई कारबाही हुन्छ कि हुदैन कि उनिहरूले जे गर्दा पनि हुन्छ कि कसाे हो