आज देशभर सार्वजनिक विदा
सारांश
- काठमाडौँ।
- सरकारले आज १३० औँ अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ ।
- सरकारले यसअघि नै गरिसकेको निर्णय अनुसार आज देशभर सार्वजनिक बिदा दिएको हो ।
काठमाडौँ। सरकारले आज १३० औँ अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । सरकारले यसअघि नै गरिसकेको निर्णय अनुसार आज देशभर सार्वजनिक बिदा दिएको हो ।
आज बुधबार शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहने छन् । बिदा घोषणा गरे संगै आज देश भरिका शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहने छ ।
विभिन्न राजनीतिक दलका मजदुर संघठनहरुले आज विभिन्न कार्यक्रमको आयोजना समेत गरेका छन् । यो दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता लगायतले शुभकामना दिएका छन् ।
सन् १८९० देखि अन्तराष्ट्रिय मजदुर दिवस मनाउन थालिएको हो । विश्वका थुप्रै देशमा यस दिन सार्वजनिक विदा दिई मजदुर दिवस उल्लासका साथ मनाइदै आएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया