बाँकेमा बन्धक बनाएर जग्गा कीर्ते, अधिकृतसहित ८ कर्मचारी समातिए
सारांश
- काठमाडौं ५,चैत।
- व्यक्तिलाई बन्धक बनाएर जग्गा कीर्ते गरेको आरोपमा प्रहरीले बाँकेका ८ कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
- सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गएराति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
काठमाडौं ५,चैत। व्यक्तिलाई बन्धक बनाएर जग्गा कीर्ते गरेको आरोपमा प्रहरीले बाँकेका ८ कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गएराति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
हरीले नायव सुब्बा रुद्र देवकोटा, टङ्क शर्मा र रामबहादुर खड्का, कम्प्युटर अपरेटर यज्ञश्वर वली, प्रेम चन्द र भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।
मालपोत कार्यालय बाँकेबाट सरुवा भएर हुलाक कार्यालय बाँके पुगेका अधिकृत पुष्पा श्रेष्ठलाई पनि बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका व्यक्तिले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय गिरोहलाई पक्राउ गरेपछि प्रहरीले उनीहरुको बयानका आधारमा भूमाफिया गिरोहलाई सघाउने कर्मचारीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।
(Xanax)
प्रतिक्रिया