कूटनीतिक र राजनीतक पहलबाट सीमा विवाद समाधान गरिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
१५ पटक हेरिएको
Shares
कूटनीतिक र राजनीतक पहलबाट सीमा विवाद समाधान गरिने

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लोपटक भारतले सार्वजनिक गरेको नक्सा कुनै पनि हालतमा मान्य नहुने बताउँदै लिपुलेकबाट भारतीय सेना हटाउन सरकारले कूटनीतिक र राजनीतक पहल गरिरहेको जनाउनुभएको छ ।
  • रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा देश र जनताको पक्षमा सरकार क्रियाशील रहेकामा आशङ्का नगर्न आग्रह गर्दै सीमा अतिक्रमणबारे सुगौली सन्धिमा महाकाली नदीको पश्चिम किनारासम्म नेपालको भू–भाग स्पष्ट रहेकाले लिपुलेक, कालापानी, लिम्यिाधुरा नेपालको भएकामा द्विविधा नरहेको प्रष्ट गर्नुभयो ।
  • प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सीमाका विषयमा प्रधानमन्त्री ओलीलाई लाञ्छित गरी हालै पोखरामा दिएको अभिव्यक्ति अपरिपक्व र राजनीतिकरूपमा हतास मानसिकताबाट आएको सल्लाहकार थापाको भनाइ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लोपटक भारतले सार्वजनिक गरेको नक्सा कुनै पनि हालतमा मान्य नहुने बताउँदै लिपुलेकबाट भारतीय सेना हटाउन सरकारले कूटनीतिक र राजनीतक पहल गरिरहेको जनाउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा देश र जनताको पक्षमा सरकार क्रियाशील रहेकामा आशङ्का नगर्न आग्रह गर्दै सीमा अतिक्रमणबारे सुगौली सन्धिमा महाकाली नदीको पश्चिम किनारासम्म नेपालको भू–भाग स्पष्ट रहेकाले लिपुलेक, कालापानी, लिम्यिाधुरा नेपालको भएकामा द्विविधा नरहेको प्रष्ट गर्नुभयो ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सीमाका विषयमा प्रधानमन्त्री ओलीलाई लाञ्छित गरी हालै पोखरामा दिएको अभिव्यक्ति अपरिपक्व र राजनीतिकरूपमा हतास मानसिकताबाट आएको सल्लाहकार थापाको भनाइ थियो ।
थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा तीव्रगतिमा सुधार भइरहेको बताउँदै उपचारमा संलग्न चिकित्सकले अब छिट्टै उहाँलाई अस्पताल मुक्त गरिने बताएको जानकारी दिनुभयो । केही सञ्चारमाध्यममा प्रधानमन्त्रीको स्वास्थ्यबारे तथ्यहीन र भ्रामक समाचार आइरहेकामा दुःख व्यक्त गर्दै थापाले त्यस्ता सञ्चारमाध्यमलाई पुष्टि भएका खबर मात्र सार्वजनिक गर्न सुझाव दिनुभयो । यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरी प्रधानमन्त्री ओली उपचारत हुनुहुन्छ । मिर्गाैला प्रत्यारोपणसम्बन्धी गलत सूचना निरन्तर प्रसारण गर्ने सञ्चारगृहले वैयक्तिक स्वतन्त्रता ऐन २०७५ लाई राम्रोसँग अध्ययन नगरेकाले सोही ऐनअनुसार आवश्यक कारवाहीसमेत गरिने उहाँको भनाइ थियो ।
सल्लाहकार थापाले भन्नुभयो, “आधिकारिक समाचारको तथ्य पुष्टि नगरी समाचारदाताले लेख्न हुँदैन ।”
मेडिकल कलेजले अभिभावकलाई दोहन गरी विद्यार्थीलाई शोषण गरी चर्को शुल्क लिएकाले त्यसको अन्त्य गर्न सम्बन्धित कलेजलाई निर्देशन दिएको बताउँदै उक्त विषय चाँडो कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?