ओली र प्रचण्डलाई मोहनविक्रम सिंहको सुझाब
सारांश
- काठमाडौँ, ५ फागुन ।
- नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले र माओवादीवीच एकताका लागि शुभकामना दिएका छन् ।
- आज एक विज्ञप्ती जारी गर्दै बामगठबन्धन विचमै तोड्न नहुने सुझाव पनि दिएका छन् ।
काठमाडौँ, ५ फागुन । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले र माओवादीवीच एकताका लागि शुभकामना दिएका छन् । आज एक विज्ञप्ती जारी गर्दै बामगठबन्धन विचमै तोड्न नहुने सुझाव पनि दिएका छन् ।
‘वामपक्षधर गठबन्धनको चुनावमा भएको सफलताका पछाडि दुईवटा मुख्य कारणहरु रहेका छन्ः प्रथम, ओलीको नेतृत्वमा एमालेले सीमित रुपमा भएपनि राष्ट्रियताका पक्षमा, भारतीय विस्तारवादका विरुद्ध र चीनसितको सम्बन्ध विस्तारमा लिएको अडान । दोस्रो नेपाली कांगेसको सम्बन्ध तोडेर प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रको एमालेसित मिलेर बनाएको वामठबन्धन ।
हामीले आशा गर्दछौ’, ती दुवैमा निरन्तरता रहोस् । त्यसको अर्थ हो, ओलीले पहिले लिएको अडानमा कुनै विचलन नआओस् र उनले बनाएको गठबन्धनलाई बीचैमा तोड्ने काम नगरियोस् ।’ विज्ञप्तीमा उल्लेख छ, ‘उनीहरुका बीचमा पार्टी एकता होस् त्यसका लागि हाम्रो शुभकामना छ ।
तर त्यो सम्भव हुने छ वा छैन ? त्यो कार्य छिटो हुने छ वा ढिलो ? त्यो भन्दा हाम्रो चिन्ताको विषय यो छ, उनीहरुका बीचमा पार्टी एकता नभएपनि वा त्यो केही ढिला भएपनि वामपक्षीय गठबन्धनको सरकार गठन गर्ने कार्यमा कुनै ढिलाई हुनु हुँदैन वा त्यसमा कुनै बाधा पुग्न हुँदैन । त्यसो भएमा जनताहरुमाथि विश्वासघा हुनेछ र त्यसबाट प्रतिक्रियावादीहरुलाई नै मद्दत पुग्ने छ । यस्तो भएमा त्यो सम्पूर्ण देश र जनताका साथै स्वयं उनीहरु दुवै पक्षहरुका हितमा पनि नहुने कुरा प्रष्ट छ ।’
Sandip Magar
Sahikuro yo
Bhim Bohara Bohara
Prachand r kp le bam akata gardain bhane aune dinma nepali jantale deupalai vako sarm bhanda pani dobbar sarm hunu ko sathai tini dubai janako nak kan kati dine xan
Kamal Newar
thik lagyo sahi kura ho