आनन्द, नाजिर र शिल्पाले गरे दुलहीको उदघाटन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
३२ पटक हेरिएको
Shares
आनन्द, नाजिर र शिल्पाले गरे दुलहीको उदघाटन

सारांश

  •   वैशाख ५ , काठमाडौंको हात्तिगौडामा सुविधा सम्पन्न दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ भएको छ ।
  • पिछडिएका महिला दिदिबहिनीहरुलाई सिप सिकाएर उद्यमशिलता तर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ सञ्चालनमा आएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोको समुद्घाटन  बरिष्ठ गायक आनन्द कार्कीले रिबन काटेर गरेका छन् ।
  • उद्घाटन कार्यक्रममा नायक नजिर हुसेन र नायिका शिल्पा मास्केले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ ब्यानरको प्रर्दशन गरेका थिए भने बुढानिलकण्ठ नगरपालिका वडा नं.
  वैशाख ५ , काठमाडौंको हात्तिगौडामा सुविधा सम्पन्न दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ भएको छ । पिछडिएका महिला दिदिबहिनीहरुलाई सिप सिकाएर उद्यमशिलता तर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ सञ्चालनमा आएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोको समुद्घाटन  बरिष्ठ गायक आनन्द कार्कीले रिबन काटेर गरेका छन् ।
उद्घाटन कार्यक्रममा नायक नजिर हुसेन र नायिका शिल्पा मास्केले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको ग्राण्ड ओपनिङ ब्यानरको प्रर्दशन गरेका थिए भने बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष बस नारायण मर्हजनले दीप प्रज्वलन गरि सम्पुर्ण कानुनी प्रकृया पुरा गरि खोलिएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोका प्रमाणपत्रहरु प्रदर्शन गरेरे कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा बोल्ने क्रममा बरिष्ठ गायक आनन्द कार्कीले दुलही ब्युटि एण्ड फेसन स्टुडियोको उद्देश्य महिलाहरुलाई उद्यमशिल बनाउने र अहिलेको आधुनिक प्रविधि सहितको सुविधा समाबेस गरी सञ्चालनमा आएकोले छिटै नै सबैको मन मस्तिष्कमा बस्न सफल होस भन्ने शुभकामना ब्यक्त गरे । फेसियल, हेयर कलर, महिला र पुरुषको कपाल काट्ने, दुलही सिगार्ने, पुरुषको कपाल काटने ब्युटिसियन कोर्सहरु सञ्चालन र ब्युटिपार्लरमा उपलब्ध हुने सबै किसिमका सेवाहरु उपलब्ध हुने यस दुलही ब्युटि एण्ड फेसन स्टुडियोमा गरिब, एकल महिला, आर्थिक अबस्था कमजोर भएका महिलाहरुले निःशुल्क रुपमा ब्युटिसियन तालिम लिएर स्वरोजगार बन्न सक्ने कुरा यस  दुलही ब्युटि एण्ड फेसन स्टुडियोकी प्रबन्ध निर्देशक गोपी मायाँ थुलुङले बताइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?