मोदी भ्रमणको गम्भीर भूल: प्रदेश २ लाई सिधा सहयोग गर्न मिल्छ ?
सारांश
- आफ्नै देशको उत्पादन र आफ्नै परिश्रमले आर्जिएको मुलुक बनाउन छाडेर हामी परजीवी झैं बनेका छौं र जसले जे दियो हात थापेर आफैलाई थप कङ्गाल बनाउन तल्लिन छौं ।
- बैदेशिक सहायता हाम्रो देशलाई आवश्यक हुनसक्छ तर कुन स्वार्थमा त्यसरी पैसा बाडिन्छ भन्ने कुरा हाम्रा दिग्गज नेताहरुले बुझ्न नसक्दा देशमा भावी पुस्तासम्मले समस्या भोग्नुपर्ने स्थिति आउने पक्का संकेत देखिन्छ।
- यसै बिषयलाई थप गहिरिएर बुझ्ने हो भने प्रदेश २ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने भनिएको १०० करोडको सहयोग स्वार्थपूर्ण छ।
आफ्नै देशको उत्पादन र आफ्नै परिश्रमले आर्जिएको मुलुक बनाउन छाडेर हामी परजीवी झैं बनेका छौं र जसले जे दियो हात थापेर आफैलाई थप कङ्गाल बनाउन तल्लिन छौं ।
बैदेशिक सहायता हाम्रो देशलाई आवश्यक हुनसक्छ तर कुन स्वार्थमा त्यसरी पैसा बाडिन्छ भन्ने कुरा हाम्रा दिग्गज नेताहरुले बुझ्न नसक्दा देशमा भावी पुस्तासम्मले समस्या भोग्नुपर्ने स्थिति आउने पक्का संकेत देखिन्छ। यसै बिषयलाई थप गहिरिएर बुझ्ने हो भने प्रदेश २ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने भनिएको १०० करोडको सहयोग स्वार्थपूर्ण छ। वास्तवमा भन्नुपर्दा यो सहयोगले भविष्यमा नेपालको सार्वभौमिकतामा भीत्री रुपमा धावा बोलेको छ |
जनकपुरमा ४ घण्टा रहेका नरेन्द्र मोदीले ३० डिग्रीको घाममा गरेको चर्को भाषणका बीच प्रदेश २ लाई सय करोड सहयोग दिने घोषणा गर्दा नेपालका नेताहरु तालि बजाईरहेका थिए | त्यसरी तालि बजाउनेमा रक्षामन्त्री इश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, जनकपुर उप-महानगरपालिकाका मेयर किशोर साह लगायत थिए तर कसैले पनि आजसम्म त्यस दिनको समिक्षा गरेको छैन। कुनै पनि छिमेकी देशका प्रधानमन्त्रीले त्यसरी कुनै एक प्रदेश लक्षित गरेर आर्थिक सहयोग दिने घोषणा गर्दा, त्यहि दिन उनैका पार्टीका नेताले जनकपुरलाई भारतमा फिर्ता ल्याउन माग गर्दै गर्दा हाम्रा देशका नेताहरु गम्भीर देखिएनन् । बरु १०० करोडको भाषणमा तालि पिटेर रमाए ।
उसैत भारतले प्रदेश २ मा गरेको गतिबिधि संकाश्पद छ भन्ने हाम्रै नेताहरुको भाषणमा सुन्न सकिने कुरा हो, त्यसमा पनि त्यसै दिन मोदीकै पार्टीका एक नेताले नेपालको जनकपुर फिर्ता लिन माग गर्दा त्यसको जवाफदेहिता मोदीले लिनुपर्ने थियो | त्यस बिषयमा मोदी बोल्न तयार भएनन् नत नाकाबन्दिकै बारेमा केहि बोले | मधेस आन्दोलनमा प्रत्यक्ष रुपमा नाकाबन्दी गरेको भारतले संघियता लागू भईसेको नेपालको प्रदेश २ लाई मात्र सहयोगको घोषणा गर्नु सामान्य बिषय होइन | त्यसैले भारतको सहयोगमा प्रदेश २ कै जनताले पनि तालि पिटेर रमाउने अवस्था हुँदैन किनकी उनले हाम्रो स्वभिमान किन्नको लागि उक्त रकम खर्चिएको हुनसक्छ जो कुनै देशको पैसाको किनिने बिषय होइन ।
यस्तो अवस्थामा प्रदेश २ का जनतालाई आफ्नो इशारामा राख्नकै लागि भारतले आफ्नो अस्त्र प्रहार गरेको नबुझेर त्यसैमा तालि पिटेर रमाउने हाम्रो स्वभिमान हो ? भारतको सहयोगको बलमा अब प्रदेश नम्बर २ समृद्ध भयो भनेर त्यहाँको मुख्यमन्त्रीले भाषण गर्न सुहाउँछ ? जतिसुकै गरिब र पछाडी परेको प्रदेश भएपनि कर्णालीले झैं दृढ संकल्प लिएर प्रदेश २ ले काम गर्नुपर्छ, अनि मात्र प्रदेश २ समृद्ध छ भनेर छाती फुलाएर भन्न सकिन्छ | मोदीले प्रदेश २ मा यसो र उसो गर्दिन्छु भन्दा गड्गडाहट तालि बज्छ भने हाम्रो स्वभिमान त्यहि हो ? सबै बिकासको कुरालाई शत प्रतिशत ध्यान दिने हो भने आन्तरिक रुपमै सबैभन्दा समृद्ध प्रदेश २ बन्ने आधारहरु छन् | उब्जनीको भण्डार हुनसक्छ भने बिकासको लागि अन्य प्रदेश जस्तो असहज अवस्थामा छैन |
यहाँ एउटा मात्र केन्द्रित बिषय के हो भने कुनै पनि छिमेकीको सहयोग लिने कुरामा नेपाल सजग रहनुपर्छ | आज प्रदेश २ लाई भारतले सहयोग गर्दा भोली अर्को प्रदेशलाई चीनले सहयोग गर्ला ! अनि के अब हाम्रो ७ प्रदेश छिमेकीको भागबन्डामा छाडिदिने ? कुनै पनि देशले नेपालको कुनै पनि प्रदेशलाई सहयोगको घोषणा गर्दा कुटनीतिक मर्यादामा हेक्का राख्नु पर्छ कि पर्दैन ? कुनै पनि सहयोग केन्द सरकारलाई दिने कि प्रदेश सरकारलाई भन्ने बिषयमा स्पष्ट नीति हुनुपर्छ कि पर्दैन ? देश-देश बीच लेनदेन हुनु सामान्य हो तर अब प्रदेस र देश बीच लेनदेन हुँदा त्यसको प्रत्यक्ष असर केहि समयमा देखिने पक्का छ |
(अनिल अधिकारीले साझा सवालमा लेखेका छन ।)
Prakas Rana
Yo modi chor ho ra yasko kura biswas nagarnu.Pradesh 2 ko dhoti lai sidha sahayog garna mildaina.
Laxman Ojha
मिल्देईन
Dil Subba
Yes it seems totally wrong way.
Shahi Mukeshwor
साला रन्दी को रगत मोदि कुता
Shiva Belbase
2 नम्बर प्रदेशलाई ईन्डिया लगाएत मधेसी नामका बिहारिहरुले छुट्टै देशको मान्यता खोजेका हुन,एति कुरा सरकारले बुझ्दैन कि नबुझेजस्तो गर्या हो ,पछि पछुताउनु बाहेक अरु विकल्प हुँदैन बेलैमा केही गरोस् सरकारले ।
Ananda Bajracharya
यी मान्छेले त यस्तो खर्बौं मुल्योको भाषण त कति गरे कति गरे। यस्को पनि कुनै अर्थ हुन्छ र।