आन्तरिक राजश्व शुल्क घट्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ६, २०७६
|
|
२२ पटक हेरिएको
Shares
आन्तरिक राजश्व शुल्क घट्यो

सारांश

  • विराटनगर, ६ माघ स् आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको पहिलो छ महिनामा कूल रु तीन अर्ब ५१ करोड ५३ लाख नौ हजार राजश्व सङ्कलन गरेको छ ।
  • यो लक्ष्यको तुलनामा करिब २८ प्रतिशतले कमी हो ।
  • कार्यालयले सो अवधिमा रु चार अर्ब ४९ करोड ६३ लाख ५५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

विराटनगर, ६ माघ स् आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको पहिलो छ महिनामा कूल रु तीन अर्ब ५१ करोड ५३ लाख नौ हजार राजश्व सङ्कलन गरेको छ ।

यो लक्ष्यको तुलनामा करिब २८ प्रतिशतले कमी हो । कार्यालयले सो अवधिमा रु चार अर्ब ४९ करोड ६३ लाख ५५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत वर्ष सो अवधिमा कार्यालयले रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार राजश्व सङ्कलन गरेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा सो अवधिमा रु दुई अर्ब ४६ करोड ५३ लाख ९० हजार राजश्व सङ्कलन गरेको थियो । चालू आर्थिक वर्षमा लक्ष्यभन्दा राजश्व कम उठे पनि गएको वर्षभन्दा रु ३३ करोड ३९ लाख ७८ हजार राजश्व बढी सङ्कलन भएको छ ।

चालू आर्थिक वर्षमा सङ्कलित राजश्वमा आयकरतर्फ रु एक अर्ब ४९ करोड ५६ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ८९ करोड ५३ लाख ३० हजार, अन्तःशुल्कतर्फ रु एक अर्ब १२ करोड ३८ लाख तीन हजार, स्वास्थ्य करतर्फ रु ५३ हजार र शिक्षा करतर्फ रु चार लाख ५२ हजार छन् ।

चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा अन्तःशुल्कतर्फ रु दुई अर्ब २१ करोड ४३ लाख चार हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु एक अर्ब १२ करोड ३८ लाख तीन हजार मात्र सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा करिब ५१ प्रतिशत कम हो ।

अन्तःशुल्क कम सङ्कलन हुनुमा मादक पदार्थको कारोवारमा कमी आउनु, विकास निर्माण कार्यले तीव्रता नलिनु र जग्गाको कारोवार नहुनुजस्ता प्रमुख कारण भएको प्रमुख सापकोटाले जानकारी दिए ।

उनका अनुसार राजश्व आयकरतर्फ १०३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ १०९ प्रतिशतले वृद्धि भएको छ भने अन्तःशुल्कमा ५१ प्रतिशत कमी देखिएको छ । असोज महिनादेखि पुस मसान्तसम्म अन्तःशुल्कमा क्रमशः वृद्धि भइरहेको प्रमुख सापकोटाले बताए।

(punandjokes.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?