यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख पक्राउ
सारांश
- लहान, २० साउन।
- अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहाल सहित चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
- उनीहरुलाई तेह्रथुमको लालीगुराँस नगरपालिका को वसन्तपुरमा प्रहरीले पक्राउ गरेको हो।
लहान, २० साउन। अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहाल सहित चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ । उनीहरुलाई तेह्रथुमको लालीगुराँस नगरपालिका को वसन्तपुरमा प्रहरीले पक्राउ गरेको हो।
शनिबार बिदाको दिन घुम्न आएका दाहाल सहित कार्यालयका कर्मचारी विजय दाहाल,देवान मण्डल र लेखराज कटुवाललाई वसन्तपुर बजारको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए। उनीहरु चारै जनाले मादकपदार्थ सेवन गरी आपसमा झगडा गरेको र सार्वजनिक स्थानमा अपशब्द बोलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेपछि उनीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुई वटा कुर्सी समेत तोडफोड गरी भाँचिदिएका छन् । पक्राउ परेकालाई हिरासतमा राखिएको प्रहरी निरीक्षक दाहालले बताए।
प्रतिक्रिया