आलियाको फोटोमा रहस्यमय खुट्टा देखिएपछि।
सारांश
- मुम्बइ।
- बलिउड अभिनेत्रीको नयाँ इन्स्टाग्राम फाटोले धेरैको ध्यान तानेको छ ।
- फोटोका दायाँ किनारामा कसैको खुट्टा देखिएको छ ।
मुम्बइ। बलिउड अभिनेत्रीको नयाँ इन्स्टाग्राम फाटोले धेरैको ध्यान तानेको छ । फोटोका दायाँ किनारामा कसैको खुट्टा देखिएको छ । यो खुट्टा कसको हो भन्ने कुरा अहिले चर्चाको विषय बनेको छ । धेरैले यो खुट्टा आलियाका ब्वाइफ्रेण्ड रणवीर कपूरको भएको मानेका छन् ।रणवीर र आलिया हालै ऋषि कपूर र नीतू कपूरसँग समय बिताउन न्यूयोर्क गएका छन् ।
ऋषि कपूर लाको समयदेखि न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेका छन् । यही बीचमा आलिया र रणवीरले रिदिमा कपूर, अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनसँग पनि भेटेका थिए ।केही समय पहिले आलियाले रणवीरसँग आफ्नो सम्बन्धबारे टाइम्स अफ इण्डियासँग कुरा गरेकी थिइन् । उनले भनेकी थिइन् ‘यो रिलेशनशिप होइन मित्रता हो ।
म यो पूरा वफादारीका साथ भन्दैछु । यो सुन्दर छ । म अहिले आकाशमा छु । सबैभन्दा राम्रो कुरा हामी दुई यस्ता मान्छे हौं जो आफ्नो व्यवसायिक जीवन खुलेर बाँचेका छौं । उनी लगातार शुटिङ गरिरहेका छन् म पनि गरिरहेकी छु । यो त्यो समय होइन जब तपाइँ हामीलाई लगातार साथमा देख्नुहुन्छ । यही एक सहज सम्बनधको पहिचान हो ।
प्रतिक्रिया