मुस्ताङ दुर्घटनापछि सभामुख महराले उठाए मजदूरहरुको जीवन बिमाको कुरा
सारांश
- काठमाडौं, २३ असार ।
- सभामुख कृष्णबहादुर महराले उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदूरहरु चढेको ट्रिपर दुर्घटनामा परी रोल्पाका ९ जना, दाङका ६ जना र स्याङ्जा, कैलाली, धादिङ, ओखलढुङ्गा, कपिलवस्तुका १÷१ जना गरी २० जना मजदूरहरूको दुःखद निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन् ।
- शनिवार एक शोक विज्ञप्ति जारी गरी सभामुख महराले मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
काठमाडौं, २३ असार । सभामुख कृष्णबहादुर महराले उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदूरहरु चढेको ट्रिपर दुर्घटनामा परी रोल्पाका ९ जना, दाङका ६ जना र स्याङ्जा, कैलाली, धादिङ, ओखलढुङ्गा, कपिलवस्तुका १÷१ जना गरी २० जना मजदूरहरूको दुःखद निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन् । शनिवार एक शोक विज्ञप्ति जारी गरी सभामुख महराले मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
सभामुख महराले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग अनुरोध गरेका छन् । दुर्घटनामा निधन भएका मजदूरहरूको शव घरसम्म पु¥याउन र उचित क्षतिपूर्ति उपलब्ध गराई पीडित परिवारलाई राहत प्रदान गर्नमा कत्ति पनि ढिलाई नगर्न सम्बन्धित सरोकारवाला पक्षसँग अनुरोध पनि गरेका छन् ।
“सवारी दुर्घटनामा ज्यान गुमाउने नेपालीहरुको संख्या निकै बढिरहेको छ”, सभामुख महराले भनेका छन्, “यस्ता दुर्घटनाहरुलाई सडक, चालक वा अरु कसैलाई दोष दिएर पन्छिनेभन्दा सवारी दुर्घटना रोक्न नीतिगत र व्यवहारिक रुपमै विशेष कार्यक्रम बनाउन जरुरी भइसकेको छ । यसतर्फ सरकारको समयमै ध्यान जान जरुरी छ ।” सभामुख महराले जोखिमपूर्ण निर्माणमा खटिने मजदूरहरूको सुरक्षाका लागि प्राविधिक तथा नीतिगत कार्य गर्नुका साथै उनीहरुको जीवन बिमासमेत गर्नेतर्फ आवश्यक कदम चाल्न सरकारलाई विशेष आग्रह पनि गरेका छन् ।
Ram Kaji Gurung
Good job.