बाबुराम र नारायणकाजीको भीडन्त रोचक बन्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
४० पटक हेरिएको
Shares
बाबुराम र नारायणकाजीको भीडन्त रोचक बन्दै

सारांश

  • काठमाडौं, ७ कार्तिक ।
  • मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा रोचक भीडन्त गोरखामा हुने भएको छ।
  • पहिलो चरणको निर्वाचनमा सबैभन्दा हेभ्भी वेटको भीडन्त पनि गोरखामा नै हुने भएको छ ।

काठमाडौं, ७ कार्तिक । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा रोचक भीडन्त गोरखामा हुने भएको छ। पहिलो चरणको निर्वाचनमा सबैभन्दा हेभ्भी वेटको भीडन्त पनि गोरखामा नै हुने भएको छ ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका पूर्व उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री जनयुद्धको सारथीको पृष्ठभुमिकावीच अहिले चुनावी मैदानमा आमने–सामने छन् । उनीहरु अहिले आमने–सामने मात्रै नभएर एकले अर्कालाई सार्वजनिक रुपमै गालीगलौजमा उत्रिएका छन् । एकले अर्कोलाई केही काम गर्न नसक्ने भन्दै आफू नै उक्त क्षेत्रको लागि उपर्युक्त उम्मेद्धवार भएको समेत बताउँदै आएका छन् ।

हुन त बाबुराम र नारायणकाजीवीच युद्धकालिन समयदेखि नै मतभेद थियो । भारतलाई हेर्ने दृष्टिकोणमा आकाश र जमिनको फरक थियो । पहिलो चरणको निर्वाचन हुने ३२ जिल्ला मध्ये एक गोरखा क्षेत्र नं २ मा बाबुराम र श्रेष्ठको प्रतिस्पर्धालाई सबैले चासोको रुपमा लिएका छन् ।

डा.भट्टराई पछिल्लोपटक नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितको वाम गठबन्धनमा करीब एकसाता सहभागी भई गोरखाको उक्त क्षेत्रबाट टिकट नपाउने भएपछि बाहिरिएका थिए । गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा टिकट नपाएपछि नेपाली काँग्रेससँग चुनावी तालमेल गरेका भट्टराई र वाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठ विगतमा एकै पार्टीका नेता हुन् । एकिकृत माओवादी कालमा दुबै उपाध्यक्ष थिए ।

गोरखा आधुनिक नेपालको उदगम जिल्ला हो । राजा पृथ्वी नारायण शाहको पौराणिक राज्य । शाहवंशीय राजाहरुको प्राचिन राज्यको त्यही भूगोल आगामी मंसिर १० गते हुन गैरहेको प्रदेश तथा प्रतिनिधि सभाको चुनावका दौरानमा भने विगतमा एउटै विचारधारा बोकेका तर अहिले विपरित ध्रुबमा देखिएका कम्युनिष्ट नेताहरुवीचको महाभीडन्तमा परेको छ।

यता डा.भट्टराईले चुनावी विजयको आफ्नो आधार गोरखाको विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताइरहँदा वाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले गोरखाको जनमत सधैँ प्रगतिशील र परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित निश्चित रहेको दाबी गर्दै आईरहेका छन् ।

स्थानीय तहको पछिल्लो जनमतअनुसार नयाँ शक्तिको मत ७ हजार ८७१ मात्र छ । भट्टराईलाई साथ दिएको कांग्रेसको १७ हजार ७० मत छ । माओवादी केन्द्र १७ हजार ८९४ मतसहित स्थानीय चुनावमा उक्त क्षेत्रमा अगाडि छ । माओवादीलाई साथ दिएको एमालेको गोरखा २ मा ७ हजार २०८ मत छ ।

अहिले गोरखाको उक्त क्षेत्रमा मात्रै नभएर सिँगो गोरखा जिल्लाका घर–घरमा बहस भएको छ, जित कसको बाबुरामको कि नारायणकाजीको भनेर ? चुनावी प्रचारप्रसारमा भने दुवै नेताले ठूलो कार्यकर्ता पँक्ति लिएर हिँडेको देखिन्छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    परदेशि सागर क्षेत्री

    Kajilai bahumatley jitaunu per6

    Comment Author

    Kp Shrma

    Narayankagi le jitnu prachha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?