इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०८०
|
|
२१ पटक हेरिएको
Shares
इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए

सारांश

  • तेलअहिव।
  • इजरायली आक्रमण परी लेबनानमा शीर्ष हिजबुल्लाह कमाण्डर मारिएका छन्।
  • इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई हमलामा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको लेवनानी समाचार संस्थाहरूले जनाएका छन्।

तेलअहिव। इजरायली आक्रमण परी लेबनानमा शीर्ष हिजबुल्लाह कमाण्डर मारिएका छन्। इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई हमलामा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको लेवनानी समाचार संस्थाहरूले जनाएका छन्।

‘यो धेरै पीडादायी घटना हो,’ हिजबुल्लाहका एक अधिकारीले भने। तर, उनको नाम भने अझै खुलाइएको छैन। ‘ती अज्ञात कमाण्डरले दक्षिणमा हिजबुल्लाहको अपरेसन व्यवस्थापन गर्न प्रमुख भूमिका खेलेका थिए,’ एक सुरक्षा अधिकारीले लेवानानी समाचार एजेन्सीलाई भने, ‘र, उनी दक्षिणमा रहेको बेला उनको कारलाई लक्षित गरी इजरायली आक्रमण हुँदा मारिए।’

अक्टोबर ७ मा सीमापार बमबारी सुरु भएदेखि दक्षिणी लेबनानमा इजरायली गोलाबारीमा हिजबुल्लाहले १६० भन्दा बढी लडाकुहरू गुमाइसकेको छ।

उक्त हत्याले गाजाको द्वन्द्व लेबनान र अन्यत्र फैलिने डर बढाएको युद्ध बिज्ञहरूले जनाएका छन्र।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?