नख्खु बम बिस्फोटका घाईतेहरुको मेडिसिटीमा उपचार हुँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नख्खु बम बिस्फोटका घाईतेहरुको मेडिसिटीमा उपचार हुँदै

सारांश

  • ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि शुक्रबार साँझ अज्ञात समूहले बम बिस्फोट गराउँदा तीन जना घाईते भएका छन् ।
  • घाईतेहरुको अहिले नख्खुस्थित् नेपाल मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।
  • साँझ ७ बजेर ५५ मिनेटमा भएको शक्तिशाली बम बिस्फोटबाट तीन जना घाइते भएका छन्।

ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि शुक्रबार साँझ अज्ञात समूहले बम बिस्फोट गराउँदा तीन जना घाईते भएका छन् । घाईतेहरुको अहिले नख्खुस्थित् नेपाल मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।

साँझ ७ बजेर ५५ मिनेटमा भएको शक्तिशाली बम बिस्फोटबाट तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ। विस्फोटबाट घाइते भएका प्रतिक्षा खड्का, उरूषा मानन्धर र सिंहप्रसाद गुरूङको अहिले मेडिसिटीमा उपचार भैरहेको अस्पतालले जनाएको छ । घाइते २५ वर्षिय उरूषा मेडिसिटी अस्पतालकै नर्स हुन्।

बागडोलकी २६ वर्षिया प्रतिक्षालाई सुरूमा अल्का अस्पताल लगिएको थियो। तर, उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि मेडसिटी ल्याईएको हो ।

यस्तै लमजुङका ४८ वर्षिय सिंहप्रसादलाई पनि सुरूमा बिएण्डबी अस्पताल लगिएको थियो। तर उनलाई पनि थप उपचारका लागि मेडसिटीनै ल्याईएको छ । सिंहप्रसादलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?