बागलुङमा जीप दुर्घटना, पत्रकार महासंघका पूर्व महासचिव मगर सहित १४ जना घाइते
सारांश
- बागलुङ, ३ साउन – बागलुङ बजारदेखि बुर्तिबाङका लागि छुटेको ध १ ज १४९ नंको जीप रिघामा गलकोट नगरपालिका–११ रिघामा बुधबार साँझ दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।
- दुर्घटनामा नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरसहित १४ जना घाइते भएका छन् ।
- घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बागलुङ, ३ साउन – बागलुङ बजारदेखि बुर्तिबाङका लागि छुटेको ध १ ज १४९ नंको जीप रिघामा गलकोट नगरपालिका–११ रिघामा बुधबार साँझ दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।
दुर्घटनामा नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरसहित १४ जना घाइते भएका छन् ।
घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गमा रहेको नालीमा पल्टिएर जीप दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते हुनेमा बडीगाड गाउँपालिका–५ कि संगीता पुन, वडा नं ९ का दिलेन्द्र बुढामगर, गलकोट नगरपालिका–१० का दीपक पुन र नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव ढोरपाटन नगरपालिका–४ का उजिर मगर छन् । गम्भीर अन्य चारजना घाइतेलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ ।
दुर्घटनाका घाइते निसीखोला गाउँपालिका–४ का मकर थापा, नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, वडा नं ६ का लोकबहादुर खत्री, ढोरपाटन नगरपालिका–९ कि मञ्जु कार्की र उहाँकी छोरी रञ्जिता कार्कीको गलकोट नगरपालिका–३ स्थित आरोग्य अस्पतालमा उपचार भइरहेको छ ।
क्षमताभन्दा बढी यात्रु बोकेका कारण अनियन्त्रित भई जीप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया