काँग्रेस संगठित हुनुको विकल्प छैन- महामन्त्री कोइराला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
५० पटक हेरिएको
Shares
काँग्रेस संगठित हुनुको विकल्प छैन- महामन्त्री कोइराला

सारांश

  • बेसीशहर, लमजुङ, ११ फागुन, नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
  • लमजुङको उदिपुरमा विहिबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै डा कोइरालाले यस्तो बताउनुभएको हो ।
  • नेपाली काँग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएपनि सबैको चासो काँग्रेसको सुदृढीकरणको लागि भएको उहाँको दाबी थियो ।

बेसीशहर, लमजुङ, ११ फागुन, नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

लमजुङको उदिपुरमा विहिबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै डा कोइरालाले यस्तो बताउनुभएको हो । नेपाली काँग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएपनि सबैको चासो काँग्रेसको सुदृढीकरणको लागि भएको उहाँको दाबी थियो ।

प्रजातन्त्र सेनानी एवं उदिपुरस्थित जनकल्याण माविका संस्थापक स्व रोहिणीराज त्रिपाठीको शालिक अनावरण गर्न लमजुङ आउनुभएका नेता कोइरालाले काँग्रेसलाई फर्केर हेर्दा धेरै योद्धा रहेको भन्दै संगठनलाई पुनःजागरण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समानुपातिकको मतको आधारमा पनि काँग्रेसलाई विश्लेषण गर्नुपर्ने भन्दै उहाँले गिरिजाबाबुले भनेजस्तै काँग्रेसलाई संगठित र पुरानै स्तरमा पु¥याउने दाबीसमेत गर्नुभयो ।

“काँग्रेसलाई जनमत पटक्कै नभएको हैन” कोइरालाले भन्नुभयो “जनताको चाहना काँग्रेसभित्रको सुदृढीकरण हो, अब नेतृत्वले यसलाई मनन गर्नुपर्छ ।”

स्व त्रिपाठीको पहलमा प्राविबाट स्थापना भएको उक्त विद्यालयमा अहिले कक्षा ११ सम्म पठनपाठन हुन्छ । विद्यालयमा व्यावसायिक र प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुर्नगठन हुँदै मन्त्रिमण्डल, कुन कुन मन्त्री फेरिँदैछन्?
पुर्नगठन हुँदै मन्त्रिमण्डल, कुन कुन मन्त्री फेरिँदैछन्?
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट
निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट
ह्वात्तै घट्यो सुनको मूल्य
ह्वात्तै घट्यो सुनको मूल्य
प्रधानमन्त्रीको भ्रमणको बारेमा थाहा नभएकालाई नबोल्न प्रम ओलीका सल्लाहकारको सुझाव
प्रधानमन्त्रीको भ्रमणको बारेमा थाहा नभएकालाई नबोल्न प्रम ओलीका सल्लाहकारको सुझाव
प्रधानमन्त्री ओलीले भिक्षु अश्वघोषलाई अस्पतालमै पुगी भेट, खर्च सरकारले व्यहोर्ने
प्रधानमन्त्री ओलीले भिक्षु अश्वघोषलाई अस्पतालमै पुगी भेट, खर्च सरकारले व्यहोर्ने
‘ब्रिटिस कलेज’का २२५ विद्यार्थी  दीक्षित
‘ब्रिटिस कलेज’का २२५ विद्यार्थी दीक्षित
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो
धनुषामा ७ वर्षीया बालिका बलात्कृत
धनुषामा ७ वर्षीया बालिका बलात्कृत
पटाका कारखाना विस्फोट हुँदा २२ को मृत्यु
पटाका कारखाना विस्फोट हुँदा २२ को मृत्यु