इलाममा ७७ वर्षीया बृद्धा बलात्कृत, झापामा उपचार हुँदै
सारांश
- बलात्कारपछि बृद्धाको जिब्रो चुँडाउने प्रयास – इलामकी ७७ वर्षीया एक बृद्धा बलात्कृत भएकी छिन् ।
- दक्षिणी इलामस्थित रोङ गाउँपालिका–१ कटहरेकी ती बृद्धा आफ्नै घरमा सुतिरहेका बेला राति बलात्कृत भएकी हुन् ।
- बृद्धाका आफन्तका अनुसार, उनलाई आइतबार राति ११ बजेतिर एक व्यक्तिले मुख थुनेर बलात्कार गरेका थिए ।
बलात्कारपछि बृद्धाको जिब्रो चुँडाउने प्रयास –
इलामकी ७७ वर्षीया एक बृद्धा बलात्कृत भएकी छिन् । दक्षिणी इलामस्थित रोङ गाउँपालिका–१ कटहरेकी ती बृद्धा आफ्नै घरमा सुतिरहेका बेला राति बलात्कृत भएकी हुन् ।
बृद्धाका आफन्तका अनुसार, उनलाई आइतबार राति ११ बजेतिर एक व्यक्तिले मुख थुनेर बलात्कार गरेका थिए । घटनामा संलग्न व्यक्तिले बलात्कारपछि बृद्धाको जिब्रो चुँडाउने प्रयास गरेका थिए । बृद्धाको हाल झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको जिब्रोको शल्यक्रिया गरिएको छ ।
बृद्धा बलात्कृत भएको खबर पाएपछि रोङ गाउँपालिका–१ का वडाध्यक्ष बुद्धिबहादुर ढकाल, गाउँपालिकाका प्रवक्ता सुवास तामाङ र प्रहरीको एउटा टोली अस्पतालसम्म आएर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको बुझिएको छ । प्रहरीले हालसम्म यस घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।
दुर्गम ठाउँ भएका कारण उपचारका लागि बृद्धालाई सोमबार बिहान १० बजे मात्र झापा ल्याइएको थियो । यद्यपि, हस्पिटलले निकै ढिलो गरी उपचार सुरु गरेको बताइएको छ । परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको पीडितकी छोरीले बताएकी छिन् ।
यस्तो छ घटना विवरण
घर र भन्साघर छुट्टाछुट्टै थियो । घरमा बृद्धा, उनका श्रीमान र छोरा थिए । साँझ खाना खाइसकेपछि बृद्धा भन्साघरमै सुतिन् । उनलाई बाथको समस्या थियो । घरको टाँडमाथि उक्लिन गाह्रो हुन्थ्यो । बाबु–छोरा भने घरमा गएर सुते ।
राति झन्डै ११ बजे छोराले हल्लाखल्ला सुने । हतार गरेर आमा भएको ठाउँमा जाँदा डरलाग्दो दृश्य थियो । उनलाई देख्नासाथ बलात्कारमा संलग्न मान्छे फरार भयो । आमाको कपडा मिलाइदिएर उनले छिमेकीलाई गुहार मागे ।
विवाह भएर पल्लो गाउँमा रहेकी छोरीले सोमबार बिहान ६ बजे मात्र घटना थाहा पाइन् । ‘आमाको जिब्रो तानेर फाल्ने नै योजना रहेछ त्यसको, आधा जिब्रो त छिनेकै थियो, जिब्रोको नसाहरु मुखभरी थिए, अहिले चाहिँ अपरेशन गरियो,’ उनले भनिन् ।
बृद्धाको होस आएपछि छोरीले केही कुराकानी गरिन् । पीडकलाई बृद्धाले लगभग पहिचान गरेको बताइएको छ । कोठाभित्र एकजना मात्र पुरुष प्रवेश गरेको बृद्धाले छोरीलाई इशारामार्फत बताएकी छिन् ।
‘हामी त सबै लाटा सोझा प-यौँ, हामीलाई कसले सहयोग गर्ने ?,’ बृद्धाकी छोरीले रुँदै भनिन्, ‘जसरी पनि त्यो दोषीलाई चाहिँ कारबाही गर्न पाए हुन्थ्यो, नजिकै भारत छ, भारत पसिसक्यो होला, प्रहरी जाँदा उसलाई घरमा भेटेनन् अरे ।’
बृद्धाकी छोरीका अनुसार, बृद्धालाई अस्पताल लैजान कसैले सल्लाह नै दिएनन् । उनले आफैँ आमालाई लिएर बिर्तामोडको अस्पताल आइन् । सोमबार बिहान १० बजे बिर्ता सिटी हस्पिटल ल्याउँदा डाक्टर थिएनन् । दिउँसो ३ः३० मा मात्र डाक्टर आएको उनले बताइन् । ‘साह्रै नै अमानवीय र दुःखदायी घटना हो यो,’ रोङ गाउँपालिकाका प्रवक्ता सुवास तामाङले भने, ‘दोषीलाई कडा कारबाहीका लागि सक्दो प्रयास गर्नेछौँ ।’
Justin Biral
☺ ℓσνє? тнє? ℓιfє⚡ уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?
Bhawuk Kalauni
nepal ma kanun xain ani jasle j pani garx fasiko sajay hunu parx tastalai
Madan Man Rajbhandari
नेपालिहरु पनि अपराध कर्म मा भारतमा जस्तै द्रुतगतिमा अगाडी बढी रहेका छन्,