एकता संयोजन समिति बैठकअघि ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
२९ पटक हेरिएको
Shares
एकता संयोजन समिति बैठकअघि ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता

सारांश

  • काठमाडौं, ७ माघ।
  • पार्टी एकता संयोजन समितिको बैठकअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र र नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओलीबीच छुट्टै वार्ता भएको छ।
  • ओली निवास बालकोटमा बैठक शुरु हुनुभन्दाअघि दुवै अध्यक्षहरुबीच छलफल भएको हो ।

काठमाडौं, ७ माघ। पार्टी एकता संयोजन समितिको बैठकअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र र नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओलीबीच छुट्टै वार्ता भएको छ। ओली निवास बालकोटमा बैठक शुरु हुनुभन्दाअघि दुवै अध्यक्षहरुबीच छलफल भएको हो ।

यसअघि शुक्रबार र शनिबार पनि दुवै दलका अध्यक्षहरुबीच पार्टी एकताको बारेमा छलफल भएको थियो । दुवै नेताहरुले समितिको बैठकमा प्रस्तुत गरिने अजेण्डा बारेमा छलफल गरेका थिए।

राष्ट्रियसभाको सीट र प्रदेशसभा बाँडफाँटको खाका तयार पार्न गठन गरिएको कार्यदलका सदस्यहरु समेत सो बैठकमा उपस्थित रहेका छन् ।

पार्टी एकता, राष्ट्रियसभाका उम्मेदवार छनोट तथा प्रदेश सरकारको भागबण्डासहितको विषयमा निर्णय लिन एकता संयोजन समितिको बैठक बस्दैछ। चुनावपछि दोस्रो पटक संयोजन समितिको बैठक बस्न लागेको हो।

आजको बैठकले एकीकृत पार्टीको संगठनात्मक समायोजन र वैचारिक विषयलाई टुङ्ग्याउन कार्यदल बनाउने अपेक्षा गरिएको छ।

समितिमा एमालेबाट झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?