सिंहदरबारभित्रै मृत भेटिए योजना आयोगका कर्मचारी
सारांश
- काठमाडौं।
- सिंहदरबारमा रहेको सरकारी कार्यालयमा सरकारी कर्मचारीको शव भेटिएको छ ।
- राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी सिंहदरबारमा रहेको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
काठमाडौं। सिंहदरबारमा रहेको सरकारी कार्यालयमा सरकारी कर्मचारीको शव भेटिएको छ । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी सिंहदरबारमा रहेको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
केसीको शव राष्ट्रिय योजना आयोगकै अनुगमन तथा मूल्यांकन हलमा भेटिएको हो । प्राप्त जानकारीअनुसार उनी हिजो बेलुकीदेखि नै घर गएका थिएनन्।
उनको मृत्यु आत्महत्या नै हो वा अन्य कुनै कारण भन्ने अनुसन्धानपछि खुल्ने डिएसपी बोगटीले बताए। उनका अनुसार जाँचको लागि फरेन्सिक टिम बोलाइएको छ । घटनास्थल जाँचपछि मृतकको शव पोष्टमार्टमको लागि पठाइनेछ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया