उदयपुर सिमेन्ट उद्योगका कर्मचारीको लागि जीवन रुपान्तरण उत्प्रेरणा
सारांश
- अस्बिन खड्का उदयपुर, ३० फागुन ।
- उदयपुर सिमेण्ट उद्योगका कर्मचारी÷मजदूरहरुका लागि कार्यक्षमता, प्रंशनीय खोज र जीवन रुपान्तरणसम्बन्धी उत्प्रेरणा तालिम दिइएको छ ।
- प्रशिक्षक सुधन ज्ञवालीले उद्योगका कर्मचारी, मजदूर लगायत त्यहाँका सबैलाई प्रशिक्षण दिएका हुन् ।
अस्बिन खड्का
उदयपुर, ३० फागुन । उदयपुर सिमेण्ट उद्योगका कर्मचारी÷मजदूरहरुका लागि कार्यक्षमता, प्रंशनीय खोज र जीवन रुपान्तरणसम्बन्धी उत्प्रेरणा तालिम दिइएको छ । प्रशिक्षक सुधन ज्ञवालीले उद्योगका कर्मचारी, मजदूर लगायत त्यहाँका सबैलाई प्रशिक्षण दिएका हुन् ।
फागुन २९ र ३० गते दुईदिनसम्म सञ्चालित कार्यशालामा प्रशिक्षक सुधन ज्ञवालीले व्यक्तित्वव बिकास, सकरात्मक सोच र कर्मचारीहरुसँग सम्बन्धित कुराहरु, काम गर्ने प्रेरणा दिएका थिए । प्रशिक्षक ज्ञवालीले सबै कुराहरुलाई आफूले सबैको माझ प्रस्तुत गर्दा सबैमा प्रेरणा जागेको आफूले महसुस गरेको बताए ।
उद्योगका महाप्रवन्धक सुरेन्द्रकुमार पौडेलले कार्यशालाको उद्घाटन गरेका थिए । उनले कर्मचारीहरुको समग्र व्यतिmत्व विकास, आत्मबल अभिवृद्धि तथा सकारात्मक सोचको सिर्जना गर्ने लगायतका उद्देश्य राखेर कार्यशालाको आयोजना गरिएको बताए । मनोवैज्ञानिक किसिमबाट सबैको आत्मबल बढाउने र काममा समेत प्रेरणा दिने हिसावमा यसको आयोजना गरिएको महाप्रवन्धक पौडेलको धारणा थियो ।
उदयपुर सिमेण्ट उद्योगको कर्मचारी युनियन भवनमा भएको उद्घाटन कार्यक्रममा बोल्दै महाप्रवन्धक पौडेलले पं्रशसनीय खोज तथा जीवन रुपान्तरण सबन्धी कार्यशालामा प्रशिक्षक सुधन ज्ञबालीबाट दिइएका जीवनसबन्धी, आत्मबल बढाउने कुरामा सबै कर्मचारीले पाएको ज्ञानलाई आत्मसात गर्नुपर्ने धारणा राखेका थिए । उनले व्यक्तिगत जीवन र उद्योगको लागि पनि उत्प्रेरित भएर काम गर्ने वातावरण सिर्जना हुनेमा आफू आशावादी रहेको बताए ।
उद्योगका नायव महाप्रवन्धक नवलकिशोर शाहले आफूले यस कार्यक्रमबाट जीवनका धेरै कुराहरु गर्ने प्रेरणा मिलेको बताए । उनले यस्तो कार्यक्रमबाट सबै कर्मचारीको मनमा मनोवैज्ञानिकरुपबाट सकारात्मक सोच आउने कुरामा आफूले विश्वास गरेको उल्लेख गरे । खरिद प्रमुख कमल नेपालले कार्यक्रममा सोचेभन्दा धेरै कुराहरु आफूले महसुस गरेको बताए ।
२०४४ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको उदयपुर सिमेण्ट उद्योग टाँट पल्टेर धराशायी नै बनेको थियो । एशियाको दोस्रो सिमेन्ट उद्योग उदयपुर सिमेन्ट उद्योगलाई नेपालकै नमूना उद्योगको रुपमा ल्याउनको लागि सबै कुरा ब्यवस्थितरुपमा लैजान थालिएको छ । पछिल्लो समयमा यसको उत्पादन तथा गुणस्तर सबै दृष्टिले सुधार गर्दै आएको छ । मुलुककै उत्कृष्ट उद्योगको रुपमा यसलाई स्थापित गर्न महाप्रवन्धक पौडेलले विभिन्न योजनाहरु अगाडि सार्दै आएका छन् ।
Sam Eer Gee Ree
CATCH ME IF YOU CAN ? Shikhar News
°-=-? ROYAL UNITY ?-=-°