नेपाल अाइडलका रवी वडका लागी लेखराज भट्टले मागे भाेट !
सारांश
- काठमाडौं, ३० असोज ।
- नेपाल अाइडलका रवी वड का लागि नेता भट्टले भाेट मागेका छन् ।
- भाेटका लागि रवि अहिले आफ्नो गृह प्रदेश सुदूरपश्चिममा छन् ।
काठमाडौं, ३० असोज । नेपाल अाइडलका रवी वड का लागि नेता भट्टले भाेट मागेका छन् । भाेटका लागि रवि अहिले आफ्नो गृह प्रदेश सुदूरपश्चिममा छन् । उनी त्यहाँ आगामी यात्रा अगाडि बढाउन भोट माग्न र दसैं मनाउन गएका छन् । नेपाल आइडल सिजन-२ मा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी रहेका रविले यसअघि दमदार प्रस्तुति दिएर स्रोता-दर्शकको मन जितेका छन् ।
रवि अहिले सुदूरपश्चिमा भेटघाटमा व्यस्त छन् । राजनीतिज्ञ, समर्थक तथा आफन्त सबैसँग उनको भेट भइरहेको छ । यसैबीच, पूर्वमन्त्री एवं नेकपाका स्थायी समिति सदस्य नेता लेखराज भट्टसँग पनि रविको भेट भएको छ । सांसद भट्टले भेटमा रविलाई आगामी यात्राका लागि बधाई तथा शुभकामना दिए । साथै, उनले रविलाई विजयी बनाउन सबैलाई भोट गर्न अपिल गरे । रविले धनगढी अडिसनबाट नेपाल आइडलमा भाग लिएका थिए । उनी अहिले उत्कृष्ट नौभित्र पुग्न सफल भएका छन् । उनको आवाजको अहिले चौतर्फी चर्चा भइरहेको छ ।
प्रतिक्रिया