नेपालमा विदेशबाट गाईगोरुको मल आयात गर्नु कति विडम्वना: अधिकारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
३९ पटक हेरिएको
Shares
नेपालमा विदेशबाट गाईगोरुको मल आयात गर्नु कति विडम्वना: अधिकारी

सारांश

  • राजेन्द्र न्यौपाने गोरखा, १० जेठ ।
  • गोरखा निर्वाचत क्षेत्र नं.
  • १ का सभासद हरिराज अधिकारीले सबै मानिसहरु आफ्नै गाउँमा आत्मनिर्भर बन्नुपर्ने बताएका छन् ।

राजेन्द्र न्यौपाने

गोरखा, १० जेठ । गोरखा निर्वाचत क्षेत्र नं. १ का सभासद हरिराज अधिकारीले सबै मानिसहरु आफ्नै गाउँमा आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । देशमा राजनैतिक परिवर्तनपश्चात इतिहासमा नै पहिलोपटक दुई तिहाइको सबैभन्दा शक्तिशाली सरकार बनेको र यो सरकार देशको विकासमा दत्तचित्त भएर अगाडि बढेको दावी गर्दै अब अरुका भर पर्ने दिन सकिएको बताए ।

जिल्लास्थित शहीद लखन गाउँपालिका वडा नं. १ मा रहेको बक्रेश्वर मा.वि.को ६१ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै नेता अधिकारीले शहरमा बस्ने मानिसहरु आफ्नो खेतीका लागि विदेशबाट गाईगोरुको मल आयात गर्न थालेको भन्दै यहीं उत्पादन गर्न सकिने वस्तुमा पनि अरुको भर पर्नु आश्चर्य भएको बताए । “घरमा छतमा खेती गरेर उत्पादन गर्न थालिएको छ, जबकि हाम्रा जमिनहरु बाँझै रहेका छन् । हामीले हाम्रै ठाउँमा यहाँ हुने उत्पादनका आधारमा पहिचान दिने गरी उत्पादन गर्नु पर्दछ”, अधिकारीले प्रश्न गरे, “यो कस्तो विडम्बना हो ?”

राजनैतिक परिर्वतनबाट केन्द्र, प्रदेश र स्थानीय तहमा अधिकार प्रत्यायोजन गरिएको उनले बताए । “साना लगानीमा गर्न सकिने योजनाहरु गाउँ तहबाट नै समाधान हुन्छ । केही ठूला योजनाहरु पूरा गर्नका लागि प्रदेश र केन्द्र सरकार तयार रहेको छ”, सांसद अधिकारीले बताए ।

शहीद लखन गाउँपालिकाको वडा न.ं १ खरी बाख्रा उत्पादनको मुख्य आधार क्षेत्र भएको बताउँदै यहाँका व्यवसायीहरुलाई बाख्रा उत्पादन बढाएर आत्मनिर्भर बन्न गरे । यहाँका नागरिकहरुले आफै चन्दा उठाएर प्रदेशकै नमूनाको रुपमा मोटर चल्ने पुल बनाएकोमा सराहना गरे । सबैभन्दा जटिल काम गरिसकेको बताउँदै अरु कामका लागि अझै एकजुट भएर अगाडि बढ्न उनले आग्रह गरे । काम गर्दै जाँदा परेका समस्याहरु समाधान गर्न आफू सँधै तयार रहेको उनको भनाई थियो । यहाँ प्राविधिक शिक्षाको अध्यापन थाल्नुपर्छ भन्दै नेता अधिकारीले यसका लागि आफूले सहयोग गर्ने बताए । कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दीपेन्द्र सुवेदीले विद्यालयले देखाएको पारदर्शिता मननयोग्य रहेको बताए ।

गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले शहीद लखन वडा नं. १ मा रहेको यस विद्यालयको शैक्षिक भौतिक विकासका लागि आफूले पालिकाबाट सकेको सहयोग गर्ने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यदुविलास अर्यालले विद्यालयको प्रगति वितरण सुनाएका थिए ।

कार्यक्रममा विद्यालयले प्रकाशन गरेको बक्रेश्वरी स्मारिका विमोचन गरिएको थियो । स्थानीय महिला समूहकी अध्यक्ष सीता पोखरेल, शिक्षक दीपेन्द्र ढकाल महेन्द्रशक्ति माविका शिक्षक प्रकाश अर्याल, बुद्धिजीवि गोपाल मरहट्ठा, रामप्रसाद पोखरेल, कवि नारायणप्रसाद पोखरेल लगायतले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका शिक्षक मधुसूदन अर्यालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?