कुलेखानीमा गत वर्षभन्दा बढी जलसञ्चय

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २५, २०७३
|
|
१५७ पटक हेरिएको
Shares
कुलेखानीमा गत वर्षभन्दा बढी जलसञ्चय

सारांश

  • गत तिहारपछि नेपाल विद्युत प्राधिकरणले काठमाडौंबाट लोडसेडिङ हटाउने घोषणा गर्दा कुलमान घिसिङलाई हिउँद नलाग्दै कुलेखानी रित्याउन लागिएको आरोप लाग्यो ।
  • तर, प्राधिकरणले देशको एकमात्रै पावर ब्याक-अपका रुपमा रहेको कुलेखानीको पानीलाई गत वर्षहरुभन्दा यस वर्ष झनै जोहो गरेको पाइएको छ ।
  • अहिले कुलेखानीको इन्द्रसरोबर जलाशयमा पानीको सञ्चय गतवर्षको यस्तै समयको भन्दा बढी सञ्चय भएको छ ।

गत तिहारपछि नेपाल विद्युत प्राधिकरणले काठमाडौंबाट लोडसेडिङ हटाउने घोषणा गर्दा कुलमान घिसिङलाई हिउँद नलाग्दै कुलेखानी रित्याउन लागिएको आरोप लाग्यो । तर, प्राधिकरणले देशको एकमात्रै पावर ब्याक-अपका रुपमा रहेको कुलेखानीको पानीलाई गत वर्षहरुभन्दा यस वर्ष झनै जोहो गरेको पाइएको छ ।

अहिले कुलेखानीको इन्द्रसरोबर जलाशयमा पानीको सञ्चय गतवर्षको यस्तै समयको भन्दा बढी सञ्चय भएको छ । प्राधिकरणका अनुसारअहिले कुलेखानीमा पानीको सतह समुन्द्री सतहबाट १ हजार ५ सय १५ मिटरमा छ । गतवर्ष यो समयमा कुलेखनीको सतह योभन्दा पनि घटेको थियो ।

प्राधिकरणले अत्याधिक विजुली माग हुने पिक आवरमा र विभिन्न आयोजनाहरुमा समस्या आएको बेलामा मात्रै कुलेखनीलाई चलाउने गरेको छ ।

प्राधिकरणले कुलेखानीको आायेजनको सञ्चालन निकै सुझबुझपूर्ण रुपमा गरेकाले जलाशयमा सञ्चित पानीको परिमाण अझै पनि गत वर्षहरुभन्दा धेरै भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

‘हामीले कतै सिस्टममा समस्या आएर ब्ल्याक आउट हुँदा कुलेखानी चलाउँछौं । नत्र यसको महत्वअनुसार नै पानी प्रयोग गरिरहेका छौं’ अधिकारीले भने ।

प्राधिकरणका अधिकारीहरु अहिले कुलेखानीको पानीको सतह गतवर्षको यसै अवधिको भन्दा बढी भएकाले लोडसेडिङको ब्यवस्थापन गर्न ठूलो समस्या नपर्नेमा ढुक्क देखिएका छन् । प्रवक्ता अधिकारी कुलेखानीको पानीलाई प्राधिकरणले सही र योजनावद्ध रुपमा उपायेग गरिरहेको बताउँछन् ।

‘अब चैत १५ पछि हिमनदीहरुमा पानीको सतह बढ्छ । त्यसपछि हाम्रो उत्पादन पनि विस्तारै बढ्छ’ अधिकारीले भने,’कुलेखानीलाई हामीले ब्याक-अपकै रुपमा प्रयोग गर्ने हो । यसमा पानीको सतह सकेसम्म घट्न नदिने र बचत गरे अप्ठ्यारो अवस्थामा प्रयोग गर्नेमा हामी केेन्दि्रत छौं ।’

कुलेखानी जलाशयमा समुन्द्री सतहबाट १ हजार ५ सय ३० मिटरसम्म पानी सञ्चय गर्न सकिन्छ । कुनै वर्ष कुलेखानी भरिए बोरा राखे थप ४० सेन्टिमिटर पानी जम्मा गर्न सकिन्छ ।

कुलेखानी सबै वर्षका बषर्ाहरुमा भरिँदैन । राम्रो बषर्ा भएको वर्ष खोलाहरुमा पानी बढेर कुलेखानी भरिन्छ ।

७ किलोमिटर लम्बाइ र ३ सय मिटर चौडाइ रहेको जलाशयमा संकलन गरिएको ४६ मिटर पानी मात्र विद्युत् उत्पादनका लागि प्रयोग गर्न सकिन्छ । यो वर्ष अहिलेसम्म १५ मिटरमात्रै पानी प्रयोग भएको छ ।

कुलेखानीमा अझै ३१ मिटर पानी उपयोग गर्न सकिने अवस्थामा छ । प्राधिकरण्का अधिकारीकाहरुका अनुसार जलाशयको पानी १ हजार ४ सय ८४ मिटरसम्म मात्र प्रयोग गर्न सकिन्छ । कुलेखानी आयोजनाको पहिलोबाट ६० र दोस्रोबाट ३२ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ ।

अहिले प्राधिकरणलाई पिक आवरमा १२३६ मेगावाट बिजुलीको माग छ । प्राधिकरण्का आयोजनाबाट ३२९ मेगावाट उत्पादन भइरहेको छ । निजी क्षेत्रका आयोजनाबाट १३५ मेगावाट बिजुली प्रशारणलाइनमा आइरहेको छ ।

भारतबाट ३६७ मेगावाट बिजुली किनिएको छ । अहिले मागअनुसार करिब ४ सय ५ मेगावाटको बिजुलीको अभाव छ । यसै कारण लोडसेडिङ अन्त्य गर्न प्राधिकरणलाई अप्ठेरोर अवस्था छ ।

तर, सिस्टममा समस्या आएका बेलामा यो वितरणको अवस्थामा हेरफेर नगर्न कुलेखानीको पानीबाट विजुली निकालिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा सवारीसाधन सहयोग
सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा सवारीसाधन सहयोग
कांग्रेस सभापति देउवा घेराबन्दीमा, जिल्ला सभापतिहरुले मच्चाए हंगामा
कांग्रेस सभापति देउवा घेराबन्दीमा, जिल्ला सभापतिहरुले मच्चाए हंगामा
दैलेखमा प्रहरी र जुवाडेबिच झडप, ४ राउण्ड हवाई फायर
दैलेखमा प्रहरी र जुवाडेबिच झडप, ४ राउण्ड हवाई फायर
अनेरास्ववियूद्वारा आज राजधानीका ५ स्थानबाट ५ सय भन्दा बढि विद्यार्थीलाई राहत प्रदान
अनेरास्ववियूद्वारा आज राजधानीका ५ स्थानबाट ५ सय भन्दा बढि विद्यार्थीलाई राहत प्रदान
काठमाडौंको चन्द्रागिरीमा हिउँ पर्‍यो (हेर्नुस् भिडियो)
काठमाडौंको चन्द्रागिरीमा हिउँ पर्‍यो (हेर्नुस् भिडियो)
संयुक्त दलित अधिकार मञ्च–नेपालद्वारा काठमाडौमा आयोजित विस्तारित बैठक सम्पन्न
संयुक्त दलित अधिकार मञ्च–नेपालद्वारा काठमाडौमा आयोजित विस्तारित बैठक सम्पन्न
सय वर्ष पुरानो अस्पतालः भगवान् भरोसामा उपचार
सय वर्ष पुरानो अस्पतालः भगवान् भरोसामा उपचार
चलचित्र ‘बेबी आई लभ यू’ को दोस्रो पोष्टर सार्वजनिक
चलचित्र ‘बेबी आई लभ यू’ को दोस्रो पोष्टर सार्वजनिक
नारायणगढ–मुग्लिन सडक भाँसियाे
नारायणगढ–मुग्लिन सडक भाँसियाे
सुन्दै अचम्म लाग्ने मन्दिरको बीचमा रहेको एउटा अलौकिक वृक्ष
सुन्दै अचम्म लाग्ने मन्दिरको बीचमा रहेको एउटा अलौकिक वृक्ष