३३ किलाे सुन प्रकरण: कहाँ लुकेका थिए एसएसपी खत्री?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १७, २०७५
|
|
१४ पटक हेरिएको
Shares
३३ किलाे सुन प्रकरण: कहाँ लुकेका थिए एसएसपी खत्री?

सारांश

  • अस्बिन खड्का, १७ जेठ ।
  •   सुन काण्डका अभियुक्त एसएसपी श्याम खत्रीले अन्तत अदालतसामू आत्मसमर्पण गरेका छन् ।
  • प्रहरीका अधिकारी र तस्करहरु पक्राउ पर्न थालेपछि बिदा लिएर वेपत्ता भएका एसएसपी खत्री ६४ दिनपछि आफैं हार खाँदै आत्मसमर्पण गरेको बुझिएको छ ।

अस्बिन खड्का, १७ जेठ ।  सुन काण्डका अभियुक्त एसएसपी श्याम खत्रीले अन्तत अदालतसामू आत्मसमर्पण गरेका छन् ।

प्रहरीका अधिकारी र तस्करहरु पक्राउ पर्न थालेपछि बिदा लिएर वेपत्ता भएका एसएसपी खत्री ६४ दिनपछि आफैं हार खाँदै आत्मसमर्पण गरेको बुझिएको छ ।  बिहीबार पौन ११ बजे  एसएसपी खत्री एक्लै जिल्ला अदालत पुगेर न्यायाधीश नारायण शर्मालाई कार्यालयमै भेटेका थिए ।

अदालतको सम्पर्कमा पुगे लगत्तै शर्माकै इजलासमा उनको बयान लिने काम सुरु भएको छ । जिल्ला अदालतमा बयान सुरु भएपछि अदालतका कर्मचारीमार्फत जिल्ला प्रहरी कार्यालयमा त्यस बारेमा जानकारी दिइएको थियो ।

खत्रीले आत्मसमर्पण गर्ने सम्बन्धमा मोरङ प्रहरीले सुइँकोसम्म पाएको थिएन । उनलाई पक्राउ गर्न इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेपछि उनी आफैंले आत्मसमर्पण गरेको हुन।

एसएसपी खत्री केही समय भारत हुँदै तेस्रो मुलुक पुगेको र त्यसपछि नेपाल आएका उनी प्रहरीलाई छक्याउँदै कहिले आफ्नो घर भक्तपुर लोकन्थलीमा बस्ने त कहिले आफ्न्तकोमा बस्ने गरेका थिए ।खत्री आफ्ना साला को घर मा पनि बसेकाे स्राेतले जनाएकाे छ । उनका साला सशस्त्र प्रहरी बलका निरीक्षक समेत भएको प्रहरी स्रोतले  प्रारम्भीक जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?