१० वर्षीय अवतारी लामालाई गराइयो गद्दी आरोहण

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
२७ पटक हेरिएको
Shares
१० वर्षीय अवतारी लामालाई गराइयो गद्दी आरोहण

सारांश

  • दश वर्षीय अवतारी लामालाई गद्दी आरोहण गराइएको छ ।
  • ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका अवतारी ङवाङ तेन्जिन ठिन्ले रिम्पोछेलाई बुधबार काठमाडौँको बौद्धस्थित शेर्पा गुम्बामा विधिपूर्वक गद्दी आरोहण गराइएको हो ।
  • अवतारी ङवाङ तेन्जिन ठिन्ले रिम्पोछे ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका २ मा रहेको ङोडुब क्षोलिङ गोन्पाको परम गुरु नोर्बु लामा शेर्पा अवतार हुन् ।

दश वर्षीय अवतारी लामालाई गद्दी आरोहण गराइएको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका अवतारी ङवाङ तेन्जिन ठिन्ले रिम्पोछेलाई बुधबार काठमाडौँको बौद्धस्थित शेर्पा गुम्बामा विधिपूर्वक गद्दी आरोहण गराइएको हो ।

अवतारी ङवाङ तेन्जिन ठिन्ले रिम्पोछे ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका २ मा रहेको ङोडुब क्षोलिङ गोन्पाको परम गुरु नोर्बु लामा शेर्पा अवतार हुन् ।

उनलाई दक्षिण भारतको नाम्ड्रोल लिङ गुम्बाका प्रमुख खेनटुल ग्याङखाङ रिन्पोछेले गद्दी आरोहण गराएका हुन् ।

गद्दी आरोहण (ठिदेन) का लागि भारतबाट अवतारी सहितका विशिष्ठ व्यक्तिहरु नेपाल आएका थिए । गद्दी आरोण समारोहमा सहभागि हुन अवतारीका परिवार, ओखलढुंगावासी र बौद्ध धर्मका अनुयायी काठमाडौँमा जम्मा भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?