एक सय १५ वर्षीया लामिछानेबाट मतदान

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
१९९ पटक हेरिएको
Shares

सारांश

  • दार्खा (धादिङ), ३१ वैशाख ।
  • धादिङ–सदरमुकाम नीलकण्ठस्थित मतदान केन्द्रमा ज्येष्ठ नागरिकहरुबाट मतदान आरम्भ गरिएको छ ।
  • नीलकण्ठ–३, निवासी ९० वर्षीय रुपलाल श्रेष्ठले मतदान गरी स्थानीय निर्वाचनको मतदान आरम्भ गरिएको हो ।

दार्खा (धादिङ), ३१ वैशाख । धादिङ–सदरमुकाम नीलकण्ठस्थित मतदान केन्द्रमा ज्येष्ठ नागरिकहरुबाट मतदान आरम्भ गरिएको छ ।

नीलकण्ठ–३, निवासी ९० वर्षीय रुपलाल श्रेष्ठले मतदान गरी स्थानीय निर्वाचनको मतदान आरम्भ गरिएको हो । रुपलाल मात्रै नभई ९० वर्षीय पुष्पराज सापकोटा, ८४ वर्षीय दिलबहादुर अमात्य, जीवनाथ रिजाललगायत वृद्ध र अशक्तलाई आरम्भमै मतदान गर्न दिइएको निर्वाचन अधिकृत यज्ञप्रसाद ढकालले बताउनुभयो ।

हाल एक नगरपालिका र थप तीन गाविस समायोजन गरी बनाइएको १४ वडामा विभाजित नीलकण्ठ नगरपालिकमा ५८ हजार ५१५ जनसङ्ख्या छ । यसमध्ये पुरुष १५ हजार ८९० र १७ हजार २०९ समेत जम्मा ३३ हजार ९९ मतदाता रहेका छन् ।

मतदान गर्न मतदाताहरु बिहान ५ बजेदेखि नै लामबद्ध थिए । सुरक्षाकर्मीले अशक्त, वृद्ध, गर्भवतीलाई प्राथिमकता दिएका थिए ।

एउटै संस्थाका चारजना पर्यवेक्षक एउटा मतदान केन्द्रमा उपस्थित भएपछि काम गर्न कठिनाइ भएको सुरक्षाकर्मीले बताएका छन् । कर्मचारीले उम्मेदवारका प्रतिनिधिभन्दा निर्वाचन पर्यवेक्षण गर्नेको हुल भएको प्रतिक्रिया दिएका छन् ।

जिल्लाका १०९ मतदानस्थलका २५१ केन्द्रमा शान्तिपूर्वक मतदान आरम्भ भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?