३२ जिल्लामा मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
२० पटक हेरिएको
Shares
३२ जिल्लामा मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

सारांश

  • ७ मंसिर, काठमाडौं ।
  • पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबारदेखि मौन अवधि सुरु हुँदैछ ।
  • निर्वाचन आयोगका अनुसार मौन अवधि मध्यरात १२ बजेदेखि लागू हुनेछ ।

७ मंसिर, काठमाडौं । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबारदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि मध्यरात १२ बजेदेखि लागू हुनेछ ।

पहिलो चरणको निर्वाचन मंसिर १० गते ३२ जिल्लामा हुँदैछ ।

मौन अवधि लागू भएपछि चुनाव प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यम समेत कुनैपनि प्रकारका चुनावी प्रचार-प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

ढकालका अनुसार एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् समेत मत माग्न र निर्वाचन प्रचार-प्रसार गर्न पाइँदैन ।

आयोगका प्रवक्ता ढकालले अनलाइनखबरसँग भने, ‘मौनअवधिको पालना नगरेमा एक लाख रुपैयाँ जरिवाना, उम्मेदवारी रद्द एवम् कसुर अनुसार अन्य प्रचलित कानुनअनुसार कारबाही हुन्छ ।’

उनले अघि भने, ‘आचारसंहिता नैतिकको कुरा हो, त्यसैले सबैले पालना गर्नुहुन्छ भन्ने विश्वास छ ।’

राष्ट्रिय सञ्चार माध्यमलाई दोस्रो चरणको पनि आचारसंहिता लाग्ने

पहिलो चरणको निर्वाचनका लागि मौनअवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा भने प्रसार-प्रसार गर्न पाइने छ । तर, राष्ट्रिय सञ्चार माध्यमहरुलाई भने दोस्रो चरणको चुनावका लागि पनि आचार संहिता लाग्ने ढकालले बताए ।

मौनअवधिमा सञ्चार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनैपनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आचारसंहितामा मौनअवधिमा निर्वाचन प्रचार-प्रसार गर्न र मत माग्न नहुने, मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने छ ।

मौनअवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार-प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पक्षलाई हेक्का राख्न निर्वाचन आयोगले सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ । अन्लाईनखबर बाट ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Minesh Gole

    भात् खाना पैदैन बोल्नु पनि पैदैन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?