तालीमे डीएसपीलाई भावी आईजीपीको चिन्ता !

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
तालीमे डीएसपीलाई भावी आईजीपीको चिन्ता !

सारांश

  • काठमाडौं, माघ १५ ।
  • एफबीआई तालिमको लागि अमेरिका पुगेका नेपाल प्रहरीका एक डीएसपीले भावी आईजीपी ‘फलानो’लाई बनाउनु पर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
  • २० दिनअघि अमेरिका पुगेका डीएसपी भूपेन्द्रबहादुर खत्रीले अमेरिकाको बाल्टिमोरमा भएको नेपालीहरुको जमघटमा चैत २८ मा हालका आईजीपी प्रकाश अर्यालले अवकाश पाएपछि उनको ठाउँमा पुष्कर कार्कीलाई आईजीपी बनाउनु पर्ने भनी अभिव्यक्ति दिएको एक प्रत्यक्षदर्शीले बताए ।

काठमाडौं, माघ १५ । एफबीआई तालिमको लागि अमेरिका पुगेका नेपाल प्रहरीका एक डीएसपीले भावी आईजीपी ‘फलानो’लाई बनाउनु पर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका छन् । २० दिनअघि अमेरिका पुगेका डीएसपी भूपेन्द्रबहादुर खत्रीले अमेरिकाको बाल्टिमोरमा भएको नेपालीहरुको जमघटमा चैत २८ मा हालका आईजीपी प्रकाश अर्यालले अवकाश पाएपछि उनको ठाउँमा पुष्कर कार्कीलाई आईजीपी बनाउनु पर्ने भनी अभिव्यक्ति दिएको एक प्रत्यक्षदर्शीले बताए ।

नेपालबाट गएका प्रहरी अधिकारीहरुलाई त्यहाँ बसोबास गर्ने नेपालीहरुले सम्मानस्वरुप रात्रिभोज दिइने चलन छ । सोही क्रममा अमेरिका बसोबास गर्दै आएका काजी कार्कीलगायतको समूहले दुई हप्ताअघि डीएसपी खत्रीलाई रात्रिभोजका लागि निमन्त्रणा गरेको थियो । उक्त भोजमा सरिक हुन गएका डीएसपी खत्री र कार्कीबीच नेपाल प्रहरीको भावी आईजीपी को होला भन्ने विषयमा छलफल सुरु भयो ।

छलफलको क्रममा कार्कीले सर्वेन्द्र खनाल र रमेश खरेलमध्ये जोसुकै आईजीपी भए पनि संगठनको लागि राम्रो हुने प्रतिक्रिया दिए । कार्कीको उक्त भनाइको प्रतिवाद गर्दै संगठनको हितको लागि पुष्कर कार्की नै एक मात्र उम्मेदवार रहेको डीएसपी खत्रीको भनाइ थियो । ‘खरेल र खनाल मिडियाले बनाइदिएका सेलिब्रेटी मात्र हुन् । हामी सबै मिलेर पुष्कर सरलाई आईजीपी बनाउनुपर्छ,’ डीएसपी खत्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

नेपाल प्रहरीमा पछिल्लो समय बढ्दै गएको गुटबन्दीका कारण संगठन नै बद्नाम हुने अवस्था देखिन्छ । यसै पनि प्रहरीको प्रमुख पदमा पुग्न प्रहरी अधिकारीहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएको विषय सार्वजनिक हुने गरेकोमा प्रहरीका अधिकारीहरु नै कुनै अमुक व्यक्ति आईजीपी हुनुपर्ने भन्दै पक्षविपक्षमा विभाजित हुनुलाई राम्रो मान्न सकिन्न । आजको सुशासन न्युज साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशलाई
महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशलाई
कोरोना भाइरसका कारण ३० प्रतिशतले वायु प्रदुषणमा कमी
कोरोना भाइरसका कारण ३० प्रतिशतले वायु प्रदुषणमा कमी
सरकारको ९ महीना- देखिएन ‘डिपार्चर’
सरकारको ९ महीना- देखिएन ‘डिपार्चर’
सरकारले विप्लव समूहसँग निष्कर्षसहितको वार्ता चाहेको छ : संचारमन्त्री बास्कोटा
सरकारले विप्लव समूहसँग निष्कर्षसहितको वार्ता चाहेको छ : संचारमन्त्री बास्कोटा
पर्सि त मलाई जसरी पनि पठाउनुपर्छ: प्रधानमन्त्री ओली
पर्सि त मलाई जसरी पनि पठाउनुपर्छ: प्रधानमन्त्री ओली
‘सांसदले फाइल बोकेर मन्त्रालयका कोठा, भर्याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस्’
‘सांसदले फाइल बोकेर मन्त्रालयका कोठा, भर्याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस्’
पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम
पत्रकारको आन्दोलनको कुनै तुक नभएको भन्दै मिडिया विधेयकमा केही प्रावधान हटाउने निष्कर्षमा प्रम
तटस्थ युक्रेनको रुसी सर्त मान्न जेलेन्स्की तयार
तटस्थ युक्रेनको रुसी सर्त मान्न जेलेन्स्की तयार
शीर्ष नेताहरु भारतीय दुतावासतिर, केपी ओली पोखरातिर
शीर्ष नेताहरु भारतीय दुतावासतिर, केपी ओली पोखरातिर
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा

तपाईंले छुटाउनुभयो कि?