नेदरल्याण्ड विश्वकपको फाईनलमा, उपाधिका लागि साविक विजेता अमेरिकासँग भिड्ने
सारांश
- एजेन्सी ।
- नेदरल्याण्ड महिला विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।
- बुधबार राति भएको खेलमा स्विडेनलाई १–० गोल अन्तरले हराउँदै नेदरल्याण्ड प्रतियोगिताको फाईनल प्रवेश गरेको हो ।
एजेन्सी । नेदरल्याण्ड महिला विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्विडेनलाई १–० गोल अन्तरले हराउँदै नेदरल्याण्ड प्रतियोगिताको फाईनल प्रवेश गरेको हो ।
नेदरल्याण्डले अब उपाधिका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । निर्धा्रित समयमा गोल रहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयको ९९ औँ मिनेटमा म्यानचेष्टर युनाईटेडकी मिडफिल्डर ज्याकी ग्रोएनेनले नेदरल्याण्ड्सका लागि विजयी गरिन् ।
जितसँगै नेदरल्याण्ड्स पाँचौ पटक महिला विश्वकपको फाईनलमा प्रवेश गरेको छ । स्विडेनले आफ्नो चौथो सेमिफाईनल खेलेको थियो । उसले अब तेस्रो स्थानको लागि ईङ्ल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
काठमाडौं। आयोजक टिम इंग्ल्याण्ड आईसीसी विश्व कप क्रिकेट २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्रिकेटको जननी इंग्ल्याण्ड १९९२ पद्धि पहिलो पटक सेमिफाइनलमा पुगको हो ।
बुधबार चेष्टर ले स्ट्रीटमा न्यूजिल्याण्डलाई १०९ रनले पराजित गर्दै १२ अंकका साथ इंग्ल्याण्ड सेमिफाइनल पुग्ने तेस्रो टिम बनेको हो । टस जितेर पहिला ब्याटिंग गरेको इंग्ल्याण्डले जोनी बेयरस्टोको शतकको मद्दतमा ३०५ रन बनाएको थियो । जवाफी ब्याटिंग गरेको न्यूजिल्याण्ड ४५ ओभरमा १८६ रनमा अलआउट भयो ।
इंग्ल्याण्डका लागि मार्क वुडले तीन विकेट लिए भने अन्य बलरले एक एक विकेट लिए । पछिल्ला दुई खेल जित्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो । उसले आफ्ना ९ खेल मध्य ६ खेलमा जित हात पार्दै १२ अंकका साथ सेमिफाइनल पुगेको हो ।
उता लगातार तीन खेल गुमाएपछि न्यूजिल्याण्ड भने संकटमा फसेको छ । हाल न्यूजिल्याण्डको अंक तालिकामा ११ अंक छ । अब पाकिस्तानलेमात्र ११ अंक बटुल्न सक्ने अवस्था भएकाले न्यूजिल्याण्डको तनाव बढेको हो ।
इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेसँगै दक्षिण एसियाली टिम पाकिस्तानको सेमिफाइनल यात्रा निकै कठिन भएको छ । आफ्नो अन्तिम खेलमा बंगलादेशलाई विशाल अन्तरले पराजित गर्दै न्यूजिल्याण्डलाई नेट रन रेटमा उछिनेमात्र पाकिस्तान सेमिफाइलन पुग्ने छ । पाकिस्तान अन्तिम खेलमा बंगलादेशसँग पराजित भए न्यूजिल्याण्ड सेमिफाइनलमा सजिलै पुग्ने छ ।
हाल ११ अंक रहेको न्यूजिल्याण्डको नेट रन रेट शून्य दशमलव १७५ छ । उता ९ अंक रहेको पाकिस्तानको नेट रन रेट माइनस शून्य दशमलव ७९२ छ । पाकिस्तानलाई यो रन रेट सुधार गर्न विशाल अन्तरले जित आवश्यक पर्नेछ । पाकिस्तानले बंगलादेशलाई ३१६ रनको अन्तरले पराजित गर्न सके पाकिस्तान सेमिफाइनल प्रवेश गर्नेछ अन्यथा न्यूजिल्याण्ड सेमिफाइनलमा जानेछ ।
प्रतिक्रिया