लामिछानेको प्रश्न-तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
४७ पटक हेरिएको
Shares
लामिछानेको प्रश्न-तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी?

सारांश

  • काठमााडाैं।
  •   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि प्रधानमन्त्री केपी ओलीलाई निशाना साधेका छन् ।
  • सामाजिक सञ्जालमा लेख्दै लामिछानेले तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी भन्दै प्रश्न गरेका छन् ।

काठमााडाैं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि प्रधानमन्त्री केपी ओलीलाई निशाना साधेका छन् । सामाजिक सञ्जालमा लेख्दै लामिछानेले तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्-

तपाईंको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ? तपाई  विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ? तपाई  प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले  ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो  एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?

यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै  भ्रष्टाचारी जोगाउन  तपाईले  त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो।  तपाईहरुका  दलका  नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।

ठिक छ,म तपाईहरुको  दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु ।

नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको  कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्‍याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्,  छिट्टै गर्नेछन् । अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर  मलाई  न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल
  दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामथ्र्य निर्माण गर्नुपर्छ : महासचिव पोखरेल
बामदेवले आफूसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत रहेको भनेपछि
बामदेवले आफूसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत रहेको भनेपछि
हाजिर भएको दुई घण्टा नबित्दै सरुवा
हाजिर भएको दुई घण्टा नबित्दै सरुवा
बाख्रापालनबाट वार्षिक करोड आम्दानी
बाख्रापालनबाट वार्षिक करोड आम्दानी
सह-अध्यक्ष यादवले पार्टी छाडेपछि विजयकुमार गच्छदार संकटमा
सह-अध्यक्ष यादवले पार्टी छाडेपछि विजयकुमार गच्छदार संकटमा
शशांक कोइराला प्रदेश ४ मा कांग्रेसका एक्ला विजयी
शशांक कोइराला प्रदेश ४ मा कांग्रेसका एक्ला विजयी
कुहिना तथा घुँडाको कालो दाग हटाउने घरेलु उपाय
कुहिना तथा घुँडाको कालो दाग हटाउने घरेलु उपाय
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
गगन थापाले गरे गठबन्धनबारे नयाँ खुलासा
गगन थापाले गरे गठबन्धनबारे नयाँ खुलासा