एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १५, २०७७
|
|
३४ पटक हेरिएको
Shares
एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै

सारांश

  • एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको छ ।
  • महिला सशक्तीकरण प्रवर्द्धन गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने यस सहकार्यको उद्देश्य हो ।
  • एमयूएन एक समावेशी मञ्च हो, जसले नेपाली महिलालाई नेतृत्वदायी भूमिकामा पुग्ने गरी महिला सशक्तीकरणमा सहयोग पुर्याउने विश्वासका साथ काम गरिरहेको छ ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको छ । महिला सशक्तीकरण प्रवर्द्धन गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने यस सहकार्यको उद्देश्य हो ।

एमयूएन एक समावेशी मञ्च हो, जसले नेपाली महिलालाई नेतृत्वदायी भूमिकामा पुग्ने गरी महिला सशक्तीकरणमा सहयोग पुर्याउने विश्वासका साथ काम गरिरहेको छ । यस सहकार्यअन्तर्गत एनसेल ‘कनेक्टेड बाई पार्टनर’को रुपमा आबद्घ भएको छ ।

एनसेलले हालै मात्र महिलाका लागि ‘अघि बढौं’ भन्ने थिमका साथ विषेश रुपमा तयार पारिएको ‘गो सिम’ प्याक ल्याएको थियो । एनसेलको ‘गो’ पहलको दर्शन भनेको प्रगतिशील महिलालाई आफ्ना लक्ष्य प्राप्तिका लागि अघि बढ्न प्रोत्साहन गर्नु हो । नेपालमै पहिलो पटक समावेशी दृष्टिकोणमा आधारित भई अगाडि बढिरहेको एमयूएनको पनि यही दर्शन छ ।

एनसेलले पुस ११ गते यही सहकार्यअन्तर्गत रही ‘मिस युनिभर्स नेपाल २०२०’ का उत्कृष्ट १८ जनामा आउन सफल प्रतिस्पर्धीसँग डा. रवीना देशराज (डेप्युटी सीईओ, मेगा बैंक), प्रियंका कार्की (कलाकार) र पूजा रिजाल (सोलो ट्राभलर)को अन्र्तक्रिया पनि आयोजना गरिएको थियो ।

प्रतियोगिताको फाइनल बुधबार साँझ हुनेछ । उत्कृष्ट १८ मा छानिएका मध्येबाट एक प्रतिस्पर्धीले ‘मिस युनिभर्स २०२०’को ताज जित्न सफल हुनेछिन् । ताजसँगै विजयीले रु. २५ लाख बराबरको पुरस्कार पाउनेछन् । आकर्षक नगद पुरस्कारका साथै आयोजकहरूले विजयीलाई विश्वमा हुने यस किसिमका प्रतियोगितामा सहभागी गराउनेछन् ।

महिलालाई लक्ष्यसम्म पुर्याउन थप सहयोग र प्रोत्साहन गर्दै सशक्तीकरणका लागि यस कार्यक्रममार्फत आबद्घ हुन पाएकोमा निकै हर्ष लागेको एनसेलले जनाएको छ । एमयूएनको मञ्चमार्फत विजयी प्रतियोगीले नेपाललाई विश्वमाझ प्रतिनिधित्व गर्ने मौका पाउनेछन् भने सबै प्रतिस्पर्धीले विश्वस्तरीय कोचिङ र गु्रमिङका साथ नेटवर्किङ, बिजनेस तथा जीवनमा चाहिने विभिन्न कलाका बारेमा सिक्ने मौका पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसले गोविन्द केसीको हत्या गर्न खोजेको छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’
अख्तियार प्रमुख कार्कीलाई पुनरावलोकनको बाटो बन्द
अख्तियार प्रमुख कार्कीलाई पुनरावलोकनको बाटो बन्द
रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए
रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए
बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या
बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या
भारतभन्दा आफुसँग बढि परमाणु अस्त्र भएको पाकिस्तानको दावी
भारतभन्दा आफुसँग बढि परमाणु अस्त्र भएको पाकिस्तानको दावी
यशोदा खालिङ्ग राईको ‘आउछौ तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक
यशोदा खालिङ्ग राईको ‘आउछौ तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक
नेपालमा कोरोनाको प्रकोप बढ्दो, प्रतिघण्टा २७ जना संक्रमित थपिदै
Which usually Dating Internet site Is the Best? Assessments of Best Online Dating Providers
लालबाबुले हिटलरको चर्चा गरेपछि…
लालबाबुले हिटलरको चर्चा गरेपछि…
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा

तपाईंले छुटाउनुभयो कि?