नेपाली कांग्रेसले गोविन्द केसीको हत्या गर्न खोजेको छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’
सारांश
- काठमाडौँ, ८ साउन ।
- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५ औँ अनशन बसिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीको हत्या गर्न खोजेको गम्भीर आरोप लगाएका छन् ।
- राजधानीमा सोमबार भएको पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले समस्या समाधान गर्न नदिएर कांग्रेसले केसीको ज्यान लिन खोजेको आरोप लगाएका हुन् ।
काठमाडौँ, ८ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५ औँ अनशन बसिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीको हत्या गर्न खोजेको गम्भीर आरोप लगाएका छन् । राजधानीमा सोमबार भएको पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले समस्या समाधान गर्न नदिएर कांग्रेसले केसीको ज्यान लिन खोजेको आरोप लगाएका हुन् ।
‘मैले नजिकबाट हेरिरहेको छु, प्रतिक्रान्तिका तत्वहरु विभिन्न बहानामा उल्ट्याउन खोजिँदैछ । १५ चोटी पहिले नै गोविन्द केसी आन्दोलन बसिसकेका छ । लोकतान्त्रिक भन्ने सरकारकै बेलामा सबैभन्दा बढी अनशन बसेका थिए’, दाहालले भने, ‘गोविन्द केसीको काम अनशन बस्ने हो, नेपाली समाजले पचाइसकेको छ । उनीसँग वार्ता हुन्छ, सहमति पनि हुन्छ । उनको जीवन रक्षाको पहिलो प्राथमिकता हो सरकारको, त्यही भएर केसीको जीवन बचाउन सरकारले टोली जुम्ला पठायो ।’
अध्यक्ष दाहालले सरकारले केसीको जीवन रक्षा गर्न खोज्दा अर्को पक्ष (नेपाली कांग्रेस) ले केसीको हत्या गर्न खोजेको बताए । ‘सरकार बचाउन खोज्दैछ तर नेपाली कांग्रेस गोविन्द केसीको हत्या गर्न खोज्दैछ ।
नेपाली कांग्रेसले ज्यान लिन खोजेको हो ?’, उनले भने, ‘नेपाली कांग्रेस गोविन्द केसीको पुच्छर समातेर तर्न खोजेको हो ? कांग्रेस यति कम्जोर र निम्छरो भइसकेको हो ? कांग्रेसको आफ्नो एजेन्डा नभएपछि तोडफोडमा उत्रिन खोजेको हो ? यही तरिकाले अघि बढेमा कांग्रेस अब चाँडै सक्किने पनि उनले दाबी गरे । ‘यही शैलीमा अघि बढे कांग्रेस अब सिद्धियो, कांग्रेसको अवसानको बाटो हो यो’, उनले भने, ‘एउटा मान्छेको मागलाई हुबहु मान्ने हो भने संसद र सरकार किन चाहियो ? अनशन बस्न लगाइदिऊँ, उसको माग पुरा गरिदिऊँ अनि विधिको शासन चाहिँ नचाहिने हो ?
दुईतिहाइ बहुमतको सरकार र संसद भएका बेला बाहिरबाट समाधान खोजिनु गलत हुने उनले बताए । ‘संसद बाहिरबाट खोजिनु गलत हो । संसदभित्रबाटै समाधा खोजिनुपर्छ’, दाहालले भने ।
Dipendra Singh
17000 hajar hatya kreko parchand ko Abhi baykti kati ramro
Arjun Adhikari
त्यै त! मान्छे मार्ने काम त प्रचण्ड को पो त!
कांग्रेस ले त त्यस्तो गर्न भएन नी!
Yakshya Mahat
A aama ho aji pane k bolna k bolda k hun 6 vana thha 6 e n.a. parchanda
Ram Niwas Gupta
कुरो मानिहाल्नुस नि..कागंरेस हेरै हेरे हुन्छ अब नेपाली हरु लाईमूर्ख न सम्झे.हुन्छ
Meera Heju
यिन्को जिब्रो धेरै चलेजस्तो छ है ।कानुनमन्त्री रुदै राजिनामा दिएको रिस हो कि क्या हो ? कि बांदरमुढेका जबताकी ध्यान अर्कैतिर मोडन चिप्लो पारेका ?
Kumar Jung Baniya
आतंककारी को आतंककारी सोच!