भारतभन्दा आफुसँग बढि परमाणु अस्त्र भएको पाकिस्तानको दावी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ८, २०७६
|
|
४४ पटक हेरिएको
Shares
भारतभन्दा आफुसँग बढि परमाणु अस्त्र भएको पाकिस्तानको दावी

सारांश

  • भारत र पाकिस्तान दुवैको पछिल्लो एक दशकमा परमाणु बमको संख्या दुई गुणाले बढेको छ ।
  • र, हालको वर्षमा पाकिस्तानले भारतको तुलनामा अत्यधिक धेरै परमाणु बम बनाएको बिबिसी हिन्दीले जनाएको छ ।
  • विश्वभरिमा हतियारको स्थिति र वैश्विक सुरक्षाको विश्लेषण गर्ने स्विडेनको संस्था स्टकहम ईन्टरनेश्नल पिस रिसर्च ईन्स्टिच्यूटले आफ्नो नयाँ रिपोर्टमा यो कुराको खुलासा गरेको छ ।

भारत र पाकिस्तान दुवैको पछिल्लो एक दशकमा परमाणु बमको संख्या दुई गुणाले बढेको छ । र, हालको वर्षमा पाकिस्तानले भारतको तुलनामा अत्यधिक धेरै परमाणु बम बनाएको बिबिसी हिन्दीले जनाएको छ । विश्वभरिमा हतियारको स्थिति र वैश्विक सुरक्षाको विश्लेषण गर्ने स्विडेनको संस्था स्टकहम ईन्टरनेश्नल पिस रिसर्च ईन्स्टिच्यूटले आफ्नो नयाँ रिपोर्टमा यो कुराको खुलासा गरेको छ । उक्त नयाँ रिपोर्टमा पूरा विश्वभरि परमाुण हतियारको कुल उत्पादन कम भएको छ । तर, दक्षिण एशियामा भने यो बढिरहेको दाबी गरिएको छ ।

ट्रम्पलाई यौन दुर्व्यवहारको आरोप
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यौनकाण्डमा मुछिएका छन् । उनीमाथि एक महिलाले यौन दुव्र्यवहारको आरोप लगाएकी छिन् । ट्रम्पले आफूलाई २० वर्ष अघि न्युयोर्क्स्थित म्यानहाट्टन डिर्पाटमेन्ट स्टोरमा यौन दुव्र्यवहार गरेको भन्दै इ. जित केरोलले खुलासा गरेकी हुन् । लेखन क्षेत्रमा सक्रिय रहेकी केरोलले यौन दुव्र्यवहारको विस्तृत घटना शुक्रबारको न्युयोर्क म्यागाजिनमा प्रकाशित गरेकी छिन् ।

ट्रम्पले आफूलाई ड्रेसिङ रुममा हमला गरेको दाबी गरिन् । ट्रम्पले टाउको भित्तामा ठोक्काइदिएको, कपडा खोलेर छेदन गरेको उल्लेख गरेकी छिन् । केही समयपछि ट्रम्पलाई घचेटेर भाग्न सफल भएको बताइन् ।

आफू लामो समय मौन बसेको भन्दै उक्त घटना महिलालाई भविष्यमा कुनै पुरुषले दुव्र्यवहार गर्न नसकुन् भनेर खुलासा गरेको बताएकी छिन् । उनले भनेकी छिन्,‘म आफूलाई दोषी सम्झन्छु, म त्यतिबेला निकै त्रसित थिएँ ।’

हाल ७५ वर्ष पुगेकी केरोलले आफ्ना दुईजना निकट साथीहरुलाई उक्त घटनाबारे भनेको बताइन् । उनका साथीले घटनाबारे आफूलाई जानकारी भएको बताइन् ।

ट्रम्पले उक्त आरोपलाई झुटा भनेका छन् । उनले स्टोरमा भिडियो फुटेज वा प्रत्यक्षदर्शी किन भएनन् भनी प्रश्न गरेका छन् । ट्रम्पले भनेका छन्,‘मैंले व्यक्तिगत जीवनमा उक्त व्यक्तिसँग भेटेको छैन ।’ आफ्नो नयाँ पुस्तक बिकाउन कथा बुनेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रले चुनावभर मधेसमा पार्टी ‘हेडक्वार्टर’ नै  राख्ने………..
माओवादी केन्द्रले चुनावभर मधेसमा पार्टी ‘हेडक्वार्टर’ नै राख्ने………..
हमासले नेपालीलाई अपहरण गरेको भिडियो सार्बजनिक
हमासले नेपालीलाई अपहरण गरेको भिडियो सार्बजनिक
‘क्यान्सरबाट बच्न नियमित स्वास्थ्य जाँच गरौं’
‘क्यान्सरबाट बच्न नियमित स्वास्थ्य जाँच गरौं’
सशस्त्रमा डिआइजीको बढुवा, चलखेल सुरू,यी हुन् सम्भावित उम्मेद्वार (सूचीसहित)
सशस्त्रमा डिआइजीको बढुवा, चलखेल सुरू,यी हुन् सम्भावित उम्मेद्वार (सूचीसहित)
अस्पतालमा बिचाैलिया हाबि, चिकित्सकले फुटाए विद्युतीय हाजिरि मेशिन् !
अस्पतालमा बिचाैलिया हाबि, चिकित्सकले फुटाए विद्युतीय हाजिरि मेशिन् !
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज
तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज
Utkarsh Sharma’s debut film ‘Genius’ first song ‘Tera Fitoor’ is out!
Utkarsh Sharma’s debut film ‘Genius’ first song ‘Tera Fitoor’ is out!
सन्दीप लामिछानेले थुनामा नबसी मुद्दा लड्न पाउने
सन्दीप लामिछानेले थुनामा नबसी मुद्दा लड्न पाउने
यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित
यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित