एसिड प्रहारबाट एक वृद्धाको मृत्यु
सारांश
- महोत्तरी, १२ असार ।
- मध्यरातमा सुतेको अवस्थामा अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा महोत्तरीमा एकजना वृद्धाको मृत्यु भएको छ ।
- गौशाला नगरपालिका–१ का गोनर महतोको ६५ वर्षीया श्रीमती शीतलदेवी महतोको एसिड प्रहारबाट मृत्यु भएको हो ।
महोत्तरी, १२ असार । मध्यरातमा सुतेको अवस्थामा अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा महोत्तरीमा एकजना वृद्धाको मृत्यु भएको छ ।
गौशाला नगरपालिका–१ का गोनर महतोको ६५ वर्षीया श्रीमती शीतलदेवी महतोको एसिड प्रहारबाट मृत्यु भएको हो । आफ्नै घरमा खुल्ला ठाउँमा सुतिरहेको अवस्थामा गएराति अज्ञात व्यक्तिले एसिड प्रहार गर्दा वृद्धा महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । वृद्धा महतो मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया