एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ६, २०७६
|
|
२६ पटक हेरिएको
Shares
एकपछि अर्को विधेयक विवादमा परेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अगाडि बढाउन सुझाव

सारांश

  • काठमाडौं।
  • सरकारले संसदमा दर्ता गराएका विधेयक एकपछि अर्को गर्दै विवादित बन्न थालेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अघि बढाउनुपर्ने आवाज उठ्न थालेको छ।
  • सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक, गुठी सम्बन्धी विधेयक, राष्ट्रिय मानव अधिकार अयोाग तथा राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी विधेयक विवादित भएपछि अन्य विधेयक दर्ता गर्नु अगाडि सरोकारवालासँग छलफल गर्न सत्तारुढ दलका सांसदले सरकारलाई सुझाव दिएका हुन्।

काठमाडौं। सरकारले संसदमा दर्ता गराएका विधेयक एकपछि अर्को गर्दै विवादित बन्न थालेपछि सरोकारवालासँग छलफल गरेरमात्र विधेयक अघि बढाउनुपर्ने आवाज उठ्न थालेको छ। सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक, गुठी सम्बन्धी विधेयक, राष्ट्रिय मानव अधिकार अयोाग तथा राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी विधेयक विवादित भएपछि अन्य विधेयक दर्ता गर्नु अगाडि सरोकारवालासँग छलफल गर्न सत्तारुढ दलका सांसदले सरकारलाई सुझाव दिएका हुन्।

शुक्रबार महिला तथा सामाजिक समितिमा ‘ज्येष्ठ नागरिकसम्बन्धि ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक’ माथिको प्रारम्भिक छलफलमा भाग दिँदै समितिका सदस्यहरुले विज्ञहरुसँग छलफल गरेर मात्रै विधेयक अघि बढाउनुपर्ने सुझाव दिएका हुन्। सो विधेयकमाथिको प्रारम्भिक छलफल सुरु गरिएको हो। छलफलमा भाग लिँदै समितिका सदस्यहरुले विज्ञहरुसँग पनि छलफल गरेर सो विधेयकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिएका थिए।

समितिकी सभापति निरुदेवी पालले सो विधेयकका विषयमा विज्ञहरुसँग छलफल गर्ने बताइन्। उनले विज्ञहरुसँग छलफल गर्नु अघि संशोधनकर्ता सांसदहरुको पनि धारणा लिने सुझवा दिइन्। समितिकी सदस्य अमृता थापाले सरोकारवालाहरुको सुझाव लिएर मात्रै सो विधेयकलाई टुंगो लगाउनुपर्ने आवश्यक्ता औंल्याइन्। उनले जेष्ठ नागरिक समाजको सम्मानित नागरिक भएकाले उहाँहरुको उचित सम्मान हुने गरी कानुन बनाउन सुझाव दिइन्।

होस गर्नुस् यी खानाले नपुंसक बनाउन सक्छ
तपाईले भोजनमा जे लिनुहुन्छ त्यो जहिले पनि स्वास्थ्यबद्र्धक हुन्छ भन्न सकिँदैन । भोजनका गडबढीका कारण तौल घटबढ मात्र नभई धेरैप्रकारका गम्भीर समस्याहरू पनि देखा पर्न सक्दछन् । भोजनका कारण केही रोगहरू जस्तै मोटोपन, क्यान्सर तथा यहाँसम्म कि नपुंसकता पनि । केही भोजनहरू जसलाई भुलेर पनि सेवन गर्नु हुँदैन । यसले नपुंसकता ल्याउन सक्दछ ।

माइक्रोवेभ पपर्कन
माइक्रोवेभमा तयार गरिएको मकैको पपर्कन मीठो त हुन्छ तर यसमा हुने प्रजिर्वे्टिव्स, सोडियम र सोया प्रोटिन स्वास्थ्यका लागि एकदमै हानीकारक हुन्छ । ह्यूमन रिप्रोडक्सन तीन जर्नलमा प्रकाशित शोधका अनुसार माइक्रोवेभ पपकर्नको अधिक सेवन नपुंसकताको जोखिमलाई ६० प्रतिशतले बढाउँदछ । यसले थाइराईडलाई समेत समस्या पार्दछ र प्रतिरक्षा क्षमता घटाउँदछ ।

वनस्पति घ्यू
वनस्पति घ्यूको प्रयोगले मोटोपनको खतरा अधिक हुन जान्छ । यसमा ट्रान्स चिल्लोपदार्थ र असंतृप्त चिल्लो पदार्थ अधिक मात्रामा हुन्छ जसले शरीरमा एकदमै गर्मी समेत बनाउँदछ । यसले खराब कोलेस्ट्रोलको मात्रा वृद्धि गरी हृदय रोग नपुंसकताको खतरा बढाउँदछ ।

तयारी मासु
पकाएर खानका लागि डब्बामा बन्द अवस्थामा पाइने मासु शरीरका लागि एकदमै फाइदाजनक छ किनकि यसले स्तन क्यान्सर बनाउने समस्या अधिक हुन्छ । यसमा हेटोसाइक्लिक एमाइन्ज, पोलिसाइक्लिक अरोमेटिक हाइड्रोकार्बन तथा एडभान्स ग्लाइसेन्स इन्ड प्रोडक्ट्स जस्ता तत्वहरू हुन्छ । यसले कोलोन क्यान्सर, स्तन क्यान्सर, हृदय रोग, किड्नीको रोग एवं मधुमेह जस्ता खतरालाई पनि निम्त्याँउछ ।

प्याक फलफूल तथा तरकारी
डब्बामा बन्द अवस्थामा रहेका फलफूल तथा तरकारीलाई बन्देज गर्नुपर्दछ किनभने यसमा बीपीए नामक तत्व राखिएको हुन्छ जसले शरीरमा एसिडिटीको समस्यालाई भित्र्याउँदछ । यसले शरीरलाई अस्वस्थ बनाउँदछ र प्रतिरक्षा घटाउँदछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?