राजस्थानमा ७२ र तेलङ्गनामा ६७ प्रतिशत मतदान

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
राजस्थानमा ७२ र तेलङ्गनामा ६७ प्रतिशत मतदान

सारांश

  • काठमाडौं, २२ मंसिर ।
  • भारतको राजस्थान र तेलङ्गना राज्यमा हिजो विधानसभाका लागि मतदान भएको छ ।
  • भारतीय सञ्चारमाध्यमले दिएको विवरण अनुसार राजस्थानमा ७२ दशमलव ७ र तेलङ्गनामा ६७ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

काठमाडौं, २२ मंसिर । भारतको राजस्थान र तेलङ्गना राज्यमा हिजो विधानसभाका लागि मतदान भएको छ । भारतीय सञ्चारमाध्यमले दिएको विवरण अनुसार राजस्थानमा ७२ दशमलव ७ र तेलङ्गनामा ६७ प्रतिशत मतदाताले मतदान गरेका छन् ।

राजस्थान राज्यमा एकसय ९९ स्थानका लागि भएको निर्वाचनमा झण्डै दुई हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा थिए । राज्यका २०० निर्वाचन क्षेत्रमध्ये एकसय ९९ निर्वाचन क्षेत्रमा मात्र चुनाव भएको हो । बहुजन समाज पार्टीका उम्मेदवारको निधन भएका कारण अल्वार निर्वाचन क्षेत्रको चुनाव स्थगित भएको छ ।

निर्वाचनका लागि राज्यभरीमा ५१ हजार ६६७ वटा मतदान केन्द्र राखिएको चुनाव आयोगले जनाएको छ । निर्वाचनको मतगणना भने डिसेम्बर ११ तारिखमा मात्र हुने आयोगले बताएको छ ।

निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र कङ्ग्रेसबीच कडा टक्कर हुने अनुमान गरिएको छ । यस चुनावमा दुवै पार्टीले कम्तीमा १०१ स्थान जित्ने दाबी गरेका छन् । सन् २०१३ मा भएको विधानसभा चुनावमा भाजपाले १६३ स्थान जितेर पूर्ण बहुमतको सरकार बनाएको थियो । कङ्ग्रेस २१ स्थानमा खुम्चिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?