एसियन क्लब प्रिमियर लिग : नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हरायो
सारांश
- काठमाडौं, असार ७ – एसियन क्लब प्रिमियर लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हराएको छ ।
- त्रिवी क्रिेकट मैदान कीर्तिपुरमा बंगलादेशी टिमले दिएको १ सय ४९ रनको लक्ष्यले नेपाल स्ट्रोमले २० बल बाँकी छँदै ३ विकेट जाँदा भेटायो ।
- नेपाल स्ट्रोमका लागि भुपेन्द्र थापाले ३७ बलमा नट आउट ५१ रन बनाए ।
काठमाडौं, असार ७ – एसियन क्लब प्रिमियर लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हराएको छ ।
त्रिवी क्रिेकट मैदान कीर्तिपुरमा बंगलादेशी टिमले दिएको १ सय ४९ रनको लक्ष्यले नेपाल स्ट्रोमले २० बल बाँकी छँदै ३ विकेट जाँदा भेटायो । नेपाल स्ट्रोमका लागि भुपेन्द्र थापाले ३७ बलमा नट आउट ५१ रन बनाए । दिशान्त यादवले ४६ रन बनाए ।
यसअघि त्रिवी मैदानमा पहिले ब्याटिङ गरेको बंगलादेश टागगर्सले १९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । बुधबारको दोस्रो खेलमा अहिले श्रीलंकन लायन्स र दुवइ वारियर्सबिच खेल भैरहेको छ । प्रतियोगितामा भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान, दुवइ र नेपालका गरी ६ टिम छन् । प्रतियोगिताको विजेताले ४० लाख र उपविजेताले १६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया