रामचन्द्र पौडेललाई निकै पछाडि छोडे किसान श्रेष्ठले

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
४३ पटक हेरिएको
Shares
रामचन्द्र पौडेललाई निकै पछाडि छोडे किसान श्रेष्ठले

सारांश

  • तनहुँ, मंसिर २४ –तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछि पर्नुभएको छ ।
  • पछिल्लो मतपरिणाम अनुसार उहाँले २१ हजार २ सय ६५ मत प्राप्त गर्नुभएको छ ।
  • उहाँका प्रतिस्पर्धी एमाले नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले २६ हजार २ सय ३७ मत प्राप्त गर्नुभएको छ ।

तनहुँ, मंसिर २४ –तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछि पर्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार उहाँले २१ हजार २ सय ६५ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमाले नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले २६ हजार २ सय ३७ मत प्राप्त गर्नुभएको छ । ।

मतगणनामा सुरुदेखि रामचन्द्र पौडेल पछि पर्नुभएको छ । पछिल्लो मतअनुसार उहाँ ४ हजार ९ सय ७१ मतले पछि हुनुहुन्छ । तनहुँमा रामचन्द्र पौडेल र कृष्णकुमार श्रेष्ठबीचमा निकै प्रतिस्पर्धा हुने देखिएको छ । तनहुँ १ मा विशेष अदालतबाट भ्रष्टाचारी ठहरिएका कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएपछि तनहुँमा कसको पल्ला भारी हुने भन्ने यसै भन्न नसकिने अवस्था रहेको छ । गोविन्दराज जोशी पक्षले तनहुँ १ मा पौडेललाई भोट नहाल्ने हो भने श्रेष्ठकै पल्ला भारी हुनेछ ।

पहिले ३ निर्वाचन क्षेत्र रहेको तनहुँमा अहिले २ वटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । पहिले रामचन्द्र पौडेल क्षेत्र नम्बर दुईबाट उठ्ने गर्नुभएको थियो । क्षेत्र परिवर्तनसँगै पौडेललाई यसपल्ट फेरि चुनौती थपिएको कांग्रेसकै नेताहरु बताउँछन् । तनहुँ १ मा पौडेल र श्रेष्ठको जितमा उम्मेदवारी खारेज भएका जोशीको विशेष भूमिका हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा एउटा बस्ती जोगाउन खोज्दा अर्को बस्ती भासिने खतरा
पोखरामा एउटा बस्ती जोगाउन खोज्दा अर्को बस्ती भासिने खतरा
लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु
लगातार ४५ दिनसम्म PUBG खेल्दा एक युवकको मृत्यु
पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
देशभर डेँगुको त्रास बढ्दो, टेकु अस्पतालमा मात्रै १३५० डेङ्गु रोगी फेला
देशभर डेँगुको त्रास बढ्दो, टेकु अस्पतालमा मात्रै १३५० डेङ्गु रोगी फेला
दल विभाजन अध्यादेश ल्याउने ओलीको चाहनामा देउवाको अवरोध
दल विभाजन अध्यादेश ल्याउने ओलीको चाहनामा देउवाको अवरोध
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा
विद्यादेवी भण्डारीमार्फत गोकुल बास्कोटाले  ओलीलाई देखाएकाे शक्ति
विद्यादेवी भण्डारीमार्फत गोकुल बास्कोटाले ओलीलाई देखाएकाे शक्ति
नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु हुँदै…
नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु हुँदै…
राजेन्द्र महतोले भने, ‘निधिलाई चुनाव हराएर देखाइदिन्छु’
राजेन्द्र महतोले भने, ‘निधिलाई चुनाव हराएर देखाइदिन्छु’
चर्चित हिरोइनको पकेट मार्ने धन्दा
चर्चित हिरोइनको पकेट मार्ने धन्दा