गौरवका आयोजनामा सञ्चालित उपकरण सुरक्षाको माग

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २८, २०७७
|
|
३५ पटक हेरिएको
Shares
गौरवका आयोजनामा सञ्चालित उपकरण सुरक्षाको माग

सारांश

  • कोभिड–१९ को त्रासबीच राष्ट्रिय गौरवका आयोजनालाई गति दिने सरकारको नीतिअनुसार पूर्वाधार निर्माणमा सक्रिय व्यवसायीलाई अज्ञात समूहबाट पटक–पटक हतोत्साहित गर्ने गरी भइरहेका घटनाका दोषीलाई कारवाही गर्न नेपाल निर्माण व्यवसायी महासङ्घले माग गरेको छ ।
  • दाङ जिल्ला गढवा गाउँपालिका–१ जेठानगाउँस्थित कल्याणकोट–कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणका लागि राप्ती नदी किनारमा पार्किङ गरी राखिएका पाँच वटा स्काभेटरमा सोमबार राति अज्ञात समूहबाट आगजनी गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै महासङ्घले सुरक्षा माग गरेको हो ।
  • आगजनीका कारण चार स्काभेटर जलेर नष्ट भएको छ ।

कोभिड–१९ को त्रासबीच राष्ट्रिय गौरवका आयोजनालाई गति दिने सरकारको नीतिअनुसार पूर्वाधार निर्माणमा सक्रिय व्यवसायीलाई अज्ञात समूहबाट पटक–पटक हतोत्साहित गर्ने गरी भइरहेका घटनाका दोषीलाई कारवाही गर्न नेपाल निर्माण व्यवसायी महासङ्घले माग गरेको छ ।

दाङ जिल्ला गढवा गाउँपालिका–१ जेठानगाउँस्थित कल्याणकोट–कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणका लागि राप्ती नदी किनारमा पार्किङ गरी राखिएका पाँच वटा स्काभेटरमा सोमबार राति अज्ञात समूहबाट आगजनी गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै महासङ्घले सुरक्षा माग गरेको हो ।

आगजनीका कारण चार स्काभेटर जलेर नष्ट भएको छ । एउटामा आंशिक क्षति पुगेको महासङ्घका महासचिव रोशन दाहालले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बा २ क ४४८२, बा १ क २२७१, बा २ क ३१४८, रा १ ख ७१३ र एउटा परीक्षणका क्रममा रहेको (अनटेस्ट) स्काभेटरमा आगजनी गरिँदा करोडौँको क्षति भएको उहाँले बताए । उक्त सडकखण्डको निर्माण बज्रगुरु–कान्छाराम कन्स्ट्रक्शन जेभीले गरिरहेको छ । दुवै कम्पनी महासङ्घका सदस्य छन् ।

“निर्माण व्यवसायी र उपकरणको सुरक्षालाई लिएर महासङ्घले पटक–पटक प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका प्रमुखसहित सरोकार भएका सबैको ध्यानाकर्षण गराइरहँदा समेत अज्ञात समूहको गतिविधिमा कुनै कमी नआउनु चिन्ताको विषय हो”, महासचिव दाहालले भने ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?