ओलीले माओवादीको र प्रचण्डले एमालेको बैठकलाई सम्वोधन गर्ने !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
३४ पटक हेरिएको
Shares
ओलीले माओवादीको र प्रचण्डले एमालेको बैठकलाई सम्वोधन गर्ने !

सारांश

  • १२ कात्तिक, काठमाडौं ।
  • वाम गठवन्धनमार्फत् पार्टी एकताको गृहकार्य गरीरहेका एमाले र माओवादीका नेताहरुले एकअर्काको बैठकलाई सम्वोधन गर्ने तयारी गरेका छन् ।
  • हाल दुबै पार्टीले संयुक्त रुपमा निर्वाचन परिचालन तथा प्रचार समिति बनाउने र प्रशिक्षण चलाउने क्रम जारी छ ।

१२ कात्तिक, काठमाडौं । वाम गठवन्धनमार्फत् पार्टी एकताको गृहकार्य गरीरहेका एमाले र माओवादीका नेताहरुले एकअर्काको बैठकलाई सम्वोधन गर्ने तयारी गरेका छन् ।

हाल दुबै पार्टीले संयुक्त रुपमा निर्वाचन परिचालन तथा प्रचार समिति बनाउने र प्रशिक्षण चलाउने क्रम जारी छ । माओवादी केन्द्रका सचिवालय सदस्य तिलक परियारले अनलाइनखबरसँग भने, ‘बिभिन्न कमिटीमा संयुक्त बैठक गरी चुनाव परिचालनको काम भइरहेको छ । यसक्रममा दुबै पार्टीका नेताहरुले पनि सम्वोधन गर्ने र प्रशिक्षण दिने काम हुन्छ ।’

दुबै पार्टीका अध्यक्षले एकअर्काको बैठकलाई सम्वोधन गर्ने दिन भने टुंगो नलागेको उनले जानकारी दिए । ‘यस्तो कुरा भइरहेको त छ तर कहिले, कहाँ, कसरी गर्ने भन्ने चाहीँ अझै फिक्स भएको छैन ।’

माओवादी निकट वाइसीएल र एमाले निकट युवा संघको संयुक्त बैठक बसेर तीन हजार सदस्यीय चुनाव प्रचार समिति हालै गठन गरेका छन् । अखिल क्रान्तिकारी र अनेरास्ववियुले पनि १५ गते संयुक्त बैठक आह्वान गरेका छन् । सो बैठकले संयुक्त निर्वाचन परिचालन तथा प्रचार समिति बनाउने र वाम गठवन्धनलाई जिताउन देशभर अभियान सञ्चालन गर्ने क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?