कर्मचारी नहुँदा चोरी तस्करी बढ्दाे

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
१९ पटक हेरिएको
Shares
कर्मचारी नहुँदा चोरी तस्करी बढ्दाे

सारांश

  • पशुपतिनगर, इलाम, १ असोज ।
  • इलामको सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङ छोटी भन्सार कार्यालय सहयोगीको भरमा चलेको छ ।
  • पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर भन्सार कार्यालय इलामअन्तर्गत रहेको छोटी भन्सार कार्यालय एक जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो ।

पशुपतिनगर, इलाम, १ असोज । इलामको सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङ छोटी भन्सार कार्यालय सहयोगीको भरमा चलेको छ । पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर भन्सार कार्यालय इलामअन्तर्गत रहेको छोटी भन्सार कार्यालय एक जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो ।चार जना कर्मचारीले सञ्चालन गर्ने मानेभञ्ज्याङ छोटी भन्सार कार्यालयमा अहिले कार्यालय सहयोगी लाउरे धिमाल मात्रै कार्यरत छन् । नेपालबाट तरकारी, जडीबुटी निर्यात हुने र भारतबाट दैनिक उपभोग्य सामग्री आयात हुँदै आएको मानेभञ्ज्याङ नाकामा दरबन्दीअनुसारको कर्मचारी नहुँदा चोरी तस्करी बढेको छ ।

भन्सार कार्यालयमा जनशक्ति नहुँदा राजश्व पनि न्यून मात्रै सङ्कलन हुँदै आएको छ । अघिल्ला वर्षमा राजश्व लक्ष्यअनुसार सङ्कलन भए पनि कर्मचारी कम हुँदा अहिले मासिक रु २० देखि २५ हजार मात्रै सङ्कलन हुँदै आएको कार्यालय सहयोगी धिमालले बताउनुभयो ।छोटी भन्सार कार्यालयको आफ्नै भवन जीर्ण भएपछि अझै निर्माण भएको छैन । २०६८ साल असोजमा गएको भूकम्पबाट कार्यालयको भवन क्षतिग्रस्त भएपछि कार्यालय अहिले भाडामा बस्दै आएको छ । भवन निर्माणका लागि धेरै पटक अनुरोध गरिए पनि अझैसम्म काम नभएको सूर्योदय नगरपालिका– १ का वडाध्यक्ष राजकुमार श्रेरेङले बताउनुभयो ।

पशुपतिनगर भन्सार कार्यालयका निमित्त प्रमुख सुरेश थपलियाका अनुसार दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्यालय सहयोगी खटाइएको हो । पशुपतिनगर भन्सार कार्यालयमा १७ जना कर्मचारीको दरबन्दी रहे पनि अहिले नौ जना मात्रै कार्यरत रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?