बाहिरी चक्रपथ निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ६, २०७६
|
|
३३ पटक हेरिएको
Shares
बाहिरी चक्रपथ निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई

सारांश

  • लगानी बोर्डको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा सम्पन्न बैठकले प्रस्ताव पेश गरी सङ्क्षिप्त सूचीकरण (सर्ट लिष्ट)मा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिएको हो ।
  • बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न ‘जुरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

लगानी बोर्डको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा सम्पन्न बैठकले प्रस्ताव पेश गरी सङ्क्षिप्त सूचीकरण (सर्ट लिष्ट)मा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिएको हो ।

बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न ‘जुरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । दुवै परियोजनाका लागि ती कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेश गर्नुपर्ने छ ।

बैठकले पश्चिम सेती तथा एसआर छ संयुक्त जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेश गर्नेमध्ये सङ्क्षिप्त सूचीकरण छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलगअलग समिति गठन गरेको छ ।

यातायातबारे एकीकृत सुझाव दिन निर्देशन
बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन र सुधारबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकको सूचीसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले भने, “सबै काम समयमा योजनाबद्धरुपमा सम्पन्न हुनुपर्छ, मन्त्रालय र निकायले एकार्कामा समन्वय गर्नुपर्छ, त्यसका लागि चाँडो प्रतिवेदन प्राप्त होस् ।” बैठकमा बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले अघिल्लो बैठकका निर्णय र प्रगतिबारे प्रस्तुति गरेका थिए । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यापार घाटा कम गर्न पर्यटन उद्योग : पूर्व प्रम खनाल
व्यापार घाटा कम गर्न पर्यटन उद्योग : पूर्व प्रम खनाल
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)
कामु प्रधानन्यायाधीशको छोराको बिहेमा ९० लाख खर्च आरोप !
कामु प्रधानन्यायाधीशको छोराको बिहेमा ९० लाख खर्च आरोप !
त्रिशूली बस दुर्घटनामा दिवंगत नेता यादवको अन्त्येष्टि
त्रिशूली बस दुर्घटनामा दिवंगत नेता यादवको अन्त्येष्टि
संसदीय सुनवाई समितिमा ३ सदस्य चयन
संसदीय सुनवाई समितिमा ३ सदस्य चयन
एमाले महासचिवको टोली चीनमा
एमाले महासचिवको टोली चीनमा
चिनियाँ राष्ट्रपति सीले भने : नेपालसँग राजनीतिक विश्वास बढिरहेको छ
चिनियाँ राष्ट्रपति सीले भने : नेपालसँग राजनीतिक विश्वास बढिरहेको छ
मेयरलाई ६० लाखको गाडी
मेयरलाई ६० लाखको गाडी
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %
काठमाडौको मुटु सुकेधारामा खुल्यो लाभिस गार्डेन रेस्टुरेन्ट ओपनिङ्ग डिस्काउन्ट २५ %
संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप :प्रधानमन्त्री ओली
संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप :प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?