नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३, २०७९
|
|
४२ पटक हेरिएको
Shares
नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना

सारांश

  • नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
  • योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७७ पुगेको छ ।
  • कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा दुई देशका पदाधिकारीले अमेरिकाको न्यूयोर्कमा बुधबार बिहीबार हस्ताक्षर गरेका थिए ।

नेपाल र ट्रिनिडाड एण्ड टोबागोबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १७७ पुगेको छ ।

कूटनीतिक सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा दुई देशका पदाधिकारीले अमेरिकाको न्यूयोर्कमा बुधबार बिहीबार हस्ताक्षर गरेका थिए । विज्ञप्तिमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघीय मिसनका लागि नेपाली स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई र ट्रिनिडाड एण्ड टोबागोको तर्फबाट राष्ट्रसंघका लागि ट्रिनिडाड एण्ड टोबागोका स्थानीय प्रतिनिधि तथा राजदूत डेनिस फ्रान्सिसले हस्ताक्षर गरेका थिए ।

दुवै देशका राजदूतले संयुक्त पत्र पठाई कूटनीतिक सम्बन्ध स्थापना गरेको सम्बन्धमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिएका छन् ।

ट्रिनिडाड एण्ड टोबागो दक्षिण क्यारेबियन राष्ट्र हो । ५ हजार १२८ स्क्वायर किलोमटर क्षेत्रफल रहेको ट्रिनीनाड एण्ड टोबागोको जनसंख्या १४ लाख रहेको छ । सन् १९६२ अगष्ट ३१ का दिन ट्रिनिडाड एण्ड टोबागो बेलायतबाट स्वतन्त्र भएको थियो ।

(hotcanadianpharmacy.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय विदेशमन्त्री स्वराज चढेको बिमान १४ मिनेट यसरी हराएपछि…
भारतीय विदेशमन्त्री स्वराज चढेको बिमान १४ मिनेट यसरी हराएपछि…
क्षेत्र निर्धारण पछि काभ्रेमा उमेदवारको चर्चा कस – कसको चर्चा ???
क्षेत्र निर्धारण पछि काभ्रेमा उमेदवारको चर्चा कस – कसको चर्चा ???
नेपालमा कोरोना संक्रमितको संख्या २१७, हिजो एकैदिन थपिए ८३
नेपालमा कोरोना संक्रमितको संख्या २१७, हिजो एकैदिन थपिए ८३
काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?
काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्ने !
सेमिफाइनलमा नेपाल र पाकिस्तान भिड्ने !
कोरोना भाइरस किन दोहोरिन्छ ?
कोरोना भाइरस किन दोहोरिन्छ ?
प्रचण्ड भारत भ्रमणमा निस्कनुअघि बालुवाटारमा गठबन्धनको बैठक
प्रचण्ड भारत भ्रमणमा निस्कनुअघि बालुवाटारमा गठबन्धनको बैठक
लक्ष्मी प्रसाद पौडेल  अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक  नियुक्त  !
लक्ष्मी प्रसाद पौडेल अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक नियुक्त !
‘सर्ट सेलिङ’ प्रणाली लागू गर्दै सेबोन: अब सेयर बजार घट्दा पनि नाफा कमाउन सकिने
‘सर्ट सेलिङ’ प्रणाली लागू गर्दै सेबोन: अब सेयर बजार घट्दा पनि नाफा कमाउन सकिने