चिनियाँ राष्ट्रपतिका लागि सोल्टी होटल शनिबार र आइतबार पुरै रिजर्भ
सारांश
- चिनियाँ राष्ट्रपति सी चिनफिङ भोलि अपरान्ह चार बजे काठमाडौं आउँदैछन् ।
- उनको भ्रमणलाई ध्यान दिएर सरकारले व्यापक तयारी गरेको छ ।
- सी काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा बस्नेछन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ भोलि अपरान्ह चार बजे काठमाडौं आउँदैछन् । उनको भ्रमणलाई ध्यान दिएर सरकारले व्यापक तयारी गरेको छ । सी काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा बस्नेछन् । उनका लागि उक्त होटल पुरै रिजर्भ गरिएको छ।
सीका लागि बस्ने व्यवस्था मिलाइएको उक्त होटल पूरै रिजर्भ भएको होटलका एक उच्च व्यवस्थापकले जानकारी दिए। २८२ वटा कोठा भएको होटलमा चिनियाँ राष्ट्रपतिसँग आउने प्रतिनिधिमण्डल मात्र बस्ने स्रोतको दाबी छ । आजैदेखि उक्त होटल रिजर्भ भएको छ । कतिसम्म भने उक्त होटलमा पास होल्डरबाहेक अरुलाई प्रवेश निषेध गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया