ओली र सिके राउत एउटै सिक्काका दुई पाटाः बाबुराम

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १, २०७३
|
|
२४० पटक हेरिएको
Shares
ओली र सिके राउत एउटै सिक्काका दुई पाटाः बाबुराम

सारांश

  • केपी शर्मा ओली र सिके राउत दुबै एउटै सिक्काका दुई पाटा भएको नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा.
  • बाबुराम भटटराईले टिप्पणी गरेका छन् ।
  • दुवैको कारणले गर्दा मुलुकमा अतिवादी चिन्तन हावी भएको उनले बताए ।

केपी शर्मा ओली र सिके राउत दुबै एउटै सिक्काका दुई पाटा भएको नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भटटराईले टिप्पणी गरेका छन् । दुवैको कारणले गर्दा मुलुकमा अतिवादी चिन्तन हावी भएको उनले बताए ।
जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भटटराईले मधेसमा देखिएको असन्तुष्टिलाई सम्बोधन नगरिएकै कारण मधेसमा सीके राउत प्रवृति हावी भएको बताए । सिके राउत प्रवृत्तिलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले मलजल गरिरहेको भट्टराईको आरोप छ ।उनले थपे “अहिलेकै अवस्थामा स्थानिय चुनाव गरे मुलुकमा झनै जटिलता थपिने छ  ” ।

भट्टराईले नयाँ शक्तिका नेताहरुले जनकपुर विकासको लागि थालेको आमरणमा समर्थन जनाएका छन् ।

उनले अनसनकारीको माग तत्काल सम्बोधान गर्न समेत सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?