‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०८०
|
|
५४ पटक हेरिएको
Shares
‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई

सारांश

  • रामपुर ।
  • राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
  • नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल भएको हो ।

रामपुर । राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल भएको हो ।

पाल्पाको रानीमहलमा भएको खेलमा आर्मीका दिल सुनार र दुर्गाप्रसाद महत्तोको जोडीले पुलिसका इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हराएर जित हासिल गरेको हो ।

उपाधिसहित आर्मी रु एक लाख ५० हजार र उपविजेता बनेको पुलिस रु एक लाख रकम प्राप्त गर्न सफल भएका छन् । अर्को विभागीय टोली सशस्त्र प्रहरी बलले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो स्थान ओगटेको छ । एपीएफले रु ५० हजार र कर्णालीले रु २५ हजार प्राप्त गरेको छ । आर्मीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्नुभएको छ । उहाँले रु दश हजार हात पारेको छ ।

यही वैशाख २८ गतेबाट रानीमहल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश गरी पाँच प्रदेश, तीन विभागीय क्लब तथा आयोजक गरी नौ टोली सहभागी थिए ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानीमहललाई ‘बिच’ भलिबलको हब बनाउने उद्देश्यका साथ गत वर्षदेखि सुरुवात गरिएको हो । खेलकुदमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्जय मेमोरियल फाउन्डेसनले कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चित्रबहादुरको मैदानमा कांग्रेस एमालेका खेलाडी
चित्रबहादुरको मैदानमा कांग्रेस एमालेका खेलाडी
युक्रेनमा भएको हमलामा रूसले उत्तरी कोरियाली मिसाइल प्रयोग गरेको दाबी
युक्रेनमा भएको हमलामा रूसले उत्तरी कोरियाली मिसाइल प्रयोग गरेको दाबी
अवको नयाँ  यस्तो : निर्माण लागत दुई अर्ब ८० करोड
अवको नयाँ यस्तो : निर्माण लागत दुई अर्ब ८० करोड
सामसङ कम्पनीका कर्मचारी दादागिरीमा लोकमान कार्की भने चाहिँ अख्तियारको आवशमा
सामसङ कम्पनीका कर्मचारी दादागिरीमा लोकमान कार्की भने चाहिँ अख्तियारको आवशमा
कोरोना संक्रमणका कारण अहिलेसम्म १ लाख ४५ हजारको मृत्यु
कोरोना संक्रमणका कारण अहिलेसम्म १ लाख ४५ हजारको मृत्यु
विशेष अदालतविरुद्ध अख्तियार, ट्रान्सफरमर खरिद प्रकरण !
विशेष अदालतविरुद्ध अख्तियार, ट्रान्सफरमर खरिद प्रकरण !
‘देश लुट, लुटाउ र डढाउ’ भन्दै डा. संग्रौलाले गरे जडी कुरा
‘देश लुट, लुटाउ र डढाउ’ भन्दै डा. संग्रौलाले गरे जडी कुरा
नेपालमा वर्षेनी पाँच हजार व्यक्तिद्वारा आत्महत्या
नेपालमा वर्षेनी पाँच हजार व्यक्तिद्वारा आत्महत्या
नेपालको वायुमण्डलमा भारतीय धूलो, क्यान्सरको जोखिम, माक्स लगाएर हिँडन डाक्टरको उर्दी
नेपालको वायुमण्डलमा भारतीय धूलो, क्यान्सरको जोखिम, माक्स लगाएर हिँडन डाक्टरको उर्दी
दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन