पूर्वमन्त्री चौधरीसहित १२ जनालाई निलम्बन गर्न सिफारिश

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
पूर्वमन्त्री चौधरीसहित १२ जनालाई निलम्बन गर्न सिफारिश

सारांश

  • पर्सा, ९ पुस, स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ ।
  • क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहनुभएका चौधरीसहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्काशन गर्न सिफारिश गरेको जानकारी दिनुभयो ।
  • उहाँले असोज २ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गरी पार्टीको उम्मेदवारलाई हराउने कार्यमा संलग्न रहेका पूर्वमन्त्रीसमेत रहनुभएका चौधरी र पूर्व जिल्ला सभापति जनार्दनसिंह क्षेत्रीसहित १२ जनालाई १५ वर्षसम्म पार्टीको साधारण सदस्यता समेतबाट निलम्वन गर्न क्षेत्रीय समितिको बैठकबाट सर्वसहमत निर्णय गरेर पार्टी केन्द्रीय कार्यालयलाई सिफारिश गरिएको बताउनुभयो ।

पर्सा, ९ पुस, स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ ।

क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहनुभएका चौधरीसहित १२ जनालाई १५ वर्षका लागि पार्टीबाट निष्काशन गर्न सिफारिश गरेको जानकारी दिनुभयो ।

उहाँले असोज २ गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार खडा गरी पार्टीको उम्मेदवारलाई हराउने कार्यमा संलग्न रहेका पूर्वमन्त्रीसमेत रहनुभएका चौधरी र पूर्व जिल्ला सभापति जनार्दनसिंह क्षेत्रीसहित १२ जनालाई १५ वर्षसम्म पार्टीको साधारण सदस्यता समेतबाट निलम्वन गर्न क्षेत्रीय समितिको बैठकबाट सर्वसहमत निर्णय गरेर पार्टी केन्द्रीय कार्यालयलाई सिफारिश गरिएको बताउनुभयो ।

क्षेत्रीय समितिको बैठकले पार्टीका उम्मेदवारलाई हराउने कार्यमा संलग्न रहेका श्रीकृष्ण चौहान, ललन द्विवेदी, दिनेशकुमार चौधरी, शिव चौधरी, शैलेन्द्रप्रसाद यादव, ढेडीप्रसाद यादव, सिन्धु मेहता, रितनारायण चौधरी, रामजन पटवारी र वीरेन्द्र पाण्डेलाई कारबाही गर्न सर्वसहमत निर्णय गरेको क्षेत्रीय अध्यक्ष श्रीवास्तवले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजश्व संकलन वृद्धि भएको भन्दै हौसिए अर्थमन्त्री , अझै करको दायरा बढाईने
राजश्व संकलन वृद्धि भएको भन्दै हौसिए अर्थमन्त्री , अझै करको दायरा बढाईने
आईपीएल: शेन वाट्सनको शतकमा चेन्नर्इको शीर्ष यात्रा
आईपीएल: शेन वाट्सनको शतकमा चेन्नर्इको शीर्ष यात्रा
तीन करोड ५६ लाख बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर
तीन करोड ५६ लाख बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ ः
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ ः
सरोजसँग डिस्कोमा ऋषि धमलाको श्रीमती एलिजा (भिडियोसहित)
सरोजसँग डिस्कोमा ऋषि धमलाको श्रीमती एलिजा (भिडियोसहित)
फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो
फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो
दुई नदीमा १२ लाखकाे लागतमा तटबन्ध निर्माण !
दुई नदीमा १२ लाखकाे लागतमा तटबन्ध निर्माण !
विश्वकै खराब एयरलाइन्स
विश्वकै खराब एयरलाइन्स
विश्वविद्यालय विधेयक प्रतिवेदन परिमार्जनसहित स्वीकृत
विश्वविद्यालय विधेयक प्रतिवेदन परिमार्जनसहित स्वीकृत

तपाईंले छुटाउनुभयो कि?