कतारले माग्यो नेपाल प्रहरीसँग सहयोग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
कतारले माग्यो नेपाल प्रहरीसँग सहयोग

सारांश

  • कतार भ्रमणमा रहेका प्रहरी महानिरीक्षक सवेन्द्र खनालसँग कतारको आन्तरिक मामिला मन्त्रालयले सुरक्षा सहयोग मागेको छ ।
  • कतारले आगामी विश्वकपमा नेपालसँग सुरक्षा सहयोगबारे छलफल गरेको हो ।
  • खनालले भ्रमणमा कतार सरकारले सन् २०२२ मा आयोजना हुने विश्वकपमा नेपाल प्रहरीको सहयोगका विषयमा छलफल भएको प्रहरी प्रवक्ता एसएसएपी उत्तमराज सुवेदीले जानकारी दिए ।

कतार भ्रमणमा रहेका प्रहरी महानिरीक्षक सवेन्द्र खनालसँग कतारको आन्तरिक मामिला मन्त्रालयले सुरक्षा सहयोग मागेको छ । कतारले आगामी विश्वकपमा नेपालसँग सुरक्षा सहयोगबारे छलफल गरेको हो ।

खनालले भ्रमणमा कतार सरकारले सन् २०२२ मा आयोजना हुने विश्वकपमा नेपाल प्रहरीको सहयोगका विषयमा छलफल भएको प्रहरी प्रवक्ता एसएसएपी उत्तमराज सुवेदीले जानकारी दिए । विश्वकपमा सहयोग गर्न नेपाल प्रहरी कतार जाने विषय र अन्तरदेशीय सुरक्षा, मानव तस्कर विरुद्ध र तालिमका विषयमा पनि छलफल भएको प्रवक्ता सुवेदीको भनाई छ ।

सुवेदीका अनुसार कतारले विश्वकपमा मेडिकल र प्राविधिक टोलीको आवश्यकताको अपेक्षा गरेको हो । विश्वकपमा सहयोग गर्न नेपाल प्रहरी कतार जाने विषयमा छलफल मात्रै भएको र यस विषयमा पछि विस्तारमा छलफल हुने बताइएको छ । गत साउनमा नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मदले गृहमन्त्री रामबहादुर थापासँग सुरक्षा गार्ड लैजाने विषयमा छलफल गरेका थिए ।

बुधबार कतारमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतारी सार्वजनिक सुरक्षा महानिर्देशक मेजर जनरल विन जसिम अल खुलाइफीले अपराध नियन्त्रण, तालिम र प्राविधिक सहयोग लगायतक विषयमा आशयपत्रमा सहमति भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?